डा. स्वेता महतो
उप–प्राध्यापक तथा स्त्री रोग विशेषज्ञ
धुलिखेल अस्पताल
- महिलाहरू महिनावारी हुने तर त्यो अधिकारलाईसमाज, समुदाय र घर परिवारले खुम्चन बाध्य पार्ने, यो समयमा फरक व्यवहार गर्ने, कतै–कतै यसलाई धार्मिक रूपले पनि हेरेको देख्छौँ । तर पनि यो एउटा अधिकारको रूपमा स्थापित गर्ने प्रयत्न भइरहेको छ। कसरी बुझ्ने ?
महिनावारीको विषयमा बेसिकबाटै सुरु गर्न चाहन्छु । महिनावारी भनेको एउटा प्राकृतिक प्रक्रिया हो। यो भनेको फरक मान्छे, नराम्रो मान्छे होइन भनेर मैले बुझाउनुपर्छ। महिनावारी सबै महिलाको जीवनमा हुने प्राकृतिक प्रक्रिया हो । त्यो भनेको अब महिलाले बच्चा धारण गर्न सक्छ। ऊ एउटा फर्टाइल मान्छे हो भनेर बुझिन्छ।महिनावारीको समयमा बग्ने रगतबाटतपाई, हामी, हाम्रो हजुरबुवा, हजुरआमा, मामा, काका सबैजना जन्मेका हौं। त्यो कुरा चाहिँ बुझ्नुपर्छ । महिनावारीको कुरा गर्दाखेरी महिनावारी भनिन्छ। त्यो चाहिँ अब १३ देखि १५ वर्षको उमेरमा अथवा ११ वर्षबाटै सुरु हुन्छ । त्यो सुरु भइसकेपछि चाहिँ उसको हरेक साइकलमा एउटा अण्डाशय बन्छ। त्यसबाट पाठेघरको भित्ता बाक्लो हुन्छ । अनि त्यो भनेको चाहिँ अब बच्चा जन्माउने स्थिति हो । तर अब बच्चा भएन ओभरी फर्टिलाईज भएन भने त्यो सेडिङ हुन्छ हर्माेनल इम्बालेन्स त्यो नै महिनावारी हो । त्यो भनेको एउटा साधारण कुरा होइन । यही महिनावारीलाई मान्छेहरूले धार्मिक आस्थामा नछुने भए भन्छौं । केटा मान्छेहरूसँग जस्तो बुबा, दाजुहरुको नजिक नजाऊ भन्दा केटी मान्छेलाई कस्तो फिल हुन्छ होला । अनि त्यो कुराहरू चाहिँ कहिले पनि अध्ययन भएन ।
हामीलाई पनि त्यही नै सिकाएको हो । जस्तो मेरो महिनावारी सुरु हुँदा खेरि पनि हामीलाई त्यही भनिएको थियो । घरमा बुबालाई नभन भनिएको थियो । अनि यस्तो नगर, उस्तो नगर भनेर नि सिकाईएको थियो । यसले गर्दा नराम्रो विकृतिहरू के भित्रियो भन्दाखेरी अर्ली चाइल्ड म्यारिज । महिनावारी भयो अब बिहे गरिदिने कुरा । संसारमा मैले यो कुरा गर्दा आधा ५०%महिला अहिले पनि महिनावारी भइरहेको छ। जनशक्तिको आधा पर्सेन्टेज महिलाहरु महिनावारी भइराछ भने त्यसलाई नराम्रो कसरी भन्ने ?टिनएजहरू स्कुल गइराख्नुभएको छ । यहि कारण उनिहरु विद्यालयमा अनुपस्थित हुन्छन । यो महिनावारीको समस्या हो । अब त्यो अनुपस्थिती भयो भने के हुन्छ ? तपाईको महिनामा पाँच दिन, वर्षमा ६० दिन महिनावारी हुन्छ। त्यो त्यसमा उ स्कुलबाट अनुपस्थित हुन्छ । काममा राम्ररी फोकस हुँदैन । ब्लिडिङ हुन्छ । उसलाई गाह्रो त भयो । काममा राम्रो हुँदैन हैन उसको त आधा जिन्दगी त महिनावारीमा बित्यो भनेर उसलाई जिम्मेवारी समेत दिदैन ।परिवारको मुख्य पनि बुबा नै हुनुहुन्छ । अनि अब देशमा पनि प्रधानमन्त्री समेत पुरुष चुनेको हुन्छ । संयोगले यो कुराकानी गर्दा नेपालमा पहिलो पटक महिला प्रधानमन्त्री हुनुहुन्छ । यस अघि राष्ट्रपति महिला हुनुहन्थ्यो । धेरै कारण हो महिलाहरू पछाडि परेको पनि । हामीले जहिले पनि हाइजिन महिनावारीको कुरा गर्छौँ । महिनावारी हाइजिन डे मनाइन्छ मे महिनामा । हाइजिन महिनावारीमा सफा राख्नुपर्छ । जेन्डर बेस्ड भायोलेन्सको कुरा हुँदा वा भइराख्दा यो डिस्क्रिमिनेसन महिनावारीको कुरा पनि समेट्नु पर्छ । महिनावारीका आधारमा कुनै पनि महिलालाई विभेद हुनुहुँदैन। महिनावारी कुनै लाजको विषय होइन यो विभेदको कुरा पनि होइन ।
- जसले बुझेको छ वा अझ जो बुझिराख्या हुन्छ उसले चाहिँ विभेद गरे जस्तो वा जसको घरमा चाहिँ सबैजना शिक्षित छन् उसले चाहिँ महिनावारी भएको समयमा धर्मसँग जोडेर वा अन्य कारण देखाएर विभेद गरे जस्तो लाग्दैन ?
महिनावारीलाई धर्म र सँस्कारसँग पनि जोडिएको पाइन्छ । अब हामीले पनि हाम्रो जेनेरेसनलाई त्यही कुरा सिकायौं भने उनिहरूले पनि त्यही सिक्छन। हामीले रोक्ने भनेकै यही कुरा हो । जस्तो पूजा कोठामा किन जानु हुँदैन ? यो हाइजिनको कुरा हैन । हाइजिन मेन्टेन राम्रो सँग भएन, राम्रो प्याड प्रयो गरिएको छैन भने पहिला त्यसका बारेमा विशेष ध्यान दिनु आवश्यक छ । पहिलाका मान्छेहरूले राम्रो प्याड प्रयोग गर्न पाउँदैन थिए । प्याड पनि थिएनन । कपडाहरू राम्ररी लगाउन पनि पुग्दैन थियो । यस्तो अवस्थामा कसरी रोकिन्थ्यो ?ब्लिडिङ भएको समयमा त पूजा कोठामा जान असहज नै हुन्छ । किचेनमा ब्लिडिङ नहोस्, पुजा कोठामा नहोस भनेर त्यस्तो गरेको होला । तर महिनावारी भयो भन्दैमा पूजा कोठामा नजाने, पूजानगर्ने हैन । खानेकुरा नछुने, बाबु वा आफु भन्दा सिनियरलाई नहेर्ने, नभेट्ने भन्ने चाहिँ हुँदैन । महिनावारी भएको समयमा राम्ररी सफा रहेर, प्याडहरू प्रयोग ग¥यो भने यो गर्न मिल्छ।जसजसलाई थाहा छैन म यहीबाट पनि भन्न चाहन्छु कुनै पनि महिलालाई महिनावारी भएकै कारण उसको अधिकारबाट बञ्चित गरेर, छुट्टै ठाउँमा राख्ने तथा छुवाछुत गर्नु अपराध हो् । अलग्गै राख्दा के हुन्छ ?स्नेक बाइट हुन्छ, बलात्कारका घटना हुन्छन, ज्वरो आउँछ, कतिजना त मर्छनपनि । त्यही भएर त्यस्तो गर्न मिल्दैन। हुँदैन । कसैले गरेको थाहा भए पनि तपाईले पुलिसमा अथवा अन्य कसैलाई सूचना दिनु पर्छ । अब छुट्टै राख्ने, छुवाछुत गर्ने बिस्तारै कम पनि हुँदैछ । हामी सबैले सचेतना जगायौ भने त्यो बिस्तारै लोप हुँदै जान्छ । यो क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।
- महिलाहरु आफै पहिलो महिनावारी शुरु हुँदा खेरि वा त्यसपछि पनि जबपरिपक्व हुन्छन स्वयम् यस विषयमा अलि भ्रममा रहेको जस्तो लाग्दैन ?
बच्चामा हामीलाई जे कुरा सिकाइन्छ त्यही कुरा नै सिकेको हुन्छ । महिनावारी हुँदा भगवानका मुर्तिहरुमा छोयो भने नराम्रो हुन्छ भनि सकेपछि त अब मैले पनि छँुदिन नि । मैले छोए हालें भने भगवान रिसाउँछन्, मेरो नराम्रो हुन्छ । मलाई यो हुन्छ, मेरो परिवारमा यो हुन्छ भनेर त्यो मनसाय छ । अब त्यो साँचो हो । झुटो हैन । त्यो चाहिँ धार्मिक आस्था हो । हामी त्यसमा अन्धभक्त भएर फलो गर्छाैं ।त्यो धार्मिक विश्वासलाई यस्तो हुँदैन भन्नलाई चाहिँ अब सचेतना आवश्यक छ । हाम्रो काम चाहिँ अब यस्तो हुँदैन हैन महिनावारी हुँदा भगवानलाई छोयो अथवा पूजा कोठा छोयो अथवा केही ग¥यो भने यस्तो हुँदैन भनेर सचेतना गराउनु आवश्यक छ । सानो बेला देखि मेरो आमाले त्यही सिकाउनुभयो । उहाँको आमाले उहाँलाई त्यही सिकाउनुभयो । मैले मेरो बच्चाहरूलाई त्यही सिकाएँ । त्यो फेरि कल्चर बन्दै जान्छ । अब त्यसलाई नै हामीले ब्रेक गर्ने हो । पहिलाको जेनेरेसनले हामीलाई जे सिकायो नि त्यो अब हामीले अर्काे जेनेरेसनलाई सिकाउने होइन। मैले अहिले नै कट गर्दिए भने त्यो बिस्तारै हट्दै जान्छ । महिलाको कुरा मात्रै होइन तपाईंको परिवारमा तपाईंले पनि यो कुरा भन्नुपर्याे हैन मेरो परिवारमा मेरो बुबाले, श्रीमानले पनि भन्नुपर्याे कि अब यस्तो गर्नुपर्दैन तिम्रो महिनावारी हुँदा खेरि तिमी आऊ हामीसँग बस, पूजा गर । तिमीलाई महिनावारी भएको छ केही हुँदैन । तिमी सफा रहुँ । स्वस्थ रहन उपायहरु अपनाउ । घर घरबाटै सुरुवात हुनुप-यो ।
- महिनावारी हुने उमेर कम हुँदै गएको हो ?
हामीले यही विषयलाई पनि अलिक जानकारी गराउन आवश्यक छ ।११वर्ष देखि ५० वर्षसम्मको महिलामा महिनावारी हुन्छ तर पछिल्लो समय चाहिँ अलि छिटो पनि हुन थालेको छ । कसैको १० वर्षमा, कसैको ११ वर्षमा र कसैको १२ वर्षमा । मान्छेको आफ्नो हर्मोनल चेन्जेजले पनि फरक पार्छ । टाइम पिरियड ११ देखि १३ वर्षसम्म महिनावारी सामान्य हो । ११, १२, १३ वर्षको बच्चाको महिनावारी सुरु भयो भनेको उसको मिन्स मात्रै सुरु भएको हो यो रिप्रोडक्टिभ अरू अर्गान पनि हुन्छ । मिन्स मात्रै सुरु भयो भनेर उसले बच्चा जन्माउन सक्ने उसको क्यापेबिलिटी हुँदैन । त्यतिबेलासम्म पाठेघर सक्षम भएको हुँदैन । अण्डादानीहरूको विकास भएको हुँदैन । महिनावारी हुँदैमा उसले बच्चा जन्माउन सक्छ भन्ने जुन भ्रम छ नि त्यो चाहिँ अब हामीले बिस्तारै हटाउनुपर्छ । हामीले के बुझाउनुपर्छ भन्दा महिनावारी सुरु हुनु भनेको बिहे गर्नलाई परिपक्व भएको होईन । फर्टाइल पिरियडकम्प्लिट हुन टाइम लाग्छ । १२ वर्षमा शुरु भएको महिनावारी त २० वर्षसम्म कम्प्लिट हुन समय लाग्छ त्यही भएर हामी टिनएज गर्भवतीलाई हाइ रिस्क भन्छौँ ।
- महिनावारीमा ध्यान दिनुपर्ने कुराहरु के– के हुनसक्छन् ?
महिनावारी नियमित भनेको कहिले हो?कहिलेकाहीँ हामी देख्छौ महिना नपुग्दै म महिनावारी भएँ । के के कुरामा ध्यान दिनुपर्छ?म ९ कक्षामा पढ्दा मेरो पहिलो महिनावारी भयो । त्यसबेला हामीलाई सिकाएको विषय फरक थियो । अब चाहिँ अरु नयाँ विषय पाठ्यक्रममा पनि समेटिन थालिएको छ । कक्षा १ देखि नै बी भनेको ब्लड । ब्लड इज प्योर । त्यसपछि क्लास टु मा पनि सिकाउनु पर्यो कि तिम्रो महिनावारी हुँदा तिमीले नछुने गर्नु भएन । पुजाकोठामा जान मिल्छ सबै काम गर्न मिल्छ यो सबै कुरा सिकाउने अनि तीन क्लास चार क्लास सम्म बिस्तारै पढाउँदै लैजाने । आठ नौ क्लासमा गएर महिनावारी, त्यसका फाईदा र अवस्थाका बारेमा पढाउनु पर्छ । पुरुषका विषयमा पनि भन्नु पर्छ । उनिहरुको जिम्मेवारी र दायित्वका बारेमा पनि जानकारी गराउनु पर्छ । ११ देखि १५ वर्षमा सुरु हुने पहिलो महिनावारीलाई मेन आर्क भनिन्छ । यो चाहिँ सामान्य भनेको थ्री टु फाइभ डेज हो। थ्री टु फाइभ डेज चाहिँ रगत बग्छ । अनि थ्री टु फाइभ डेजमा तपाईको दिनमा तीन देखि चार वटा प्याड सकिन्छ । यो चाहिँ २८ देखि ३० डेज अफ साइकल हो । यसलाई सामान्य रुपमा लिनु पर्छ । २८ देखि ३० डेजमा हुन्छ त्यसपछि स्टप हुन्छ फेरी नेक्स्ट साइकल शुरु हुन्छ। कहिलेकाहीँ २८ देखि ४५ डेज पनि हुन्छ । ४५ डेजको साइकल पनि हुन्छ । तर ४५ डेजको साइकलमापनि भएन अथवा तपाईको चार महिना पाँच महिनामा महिनावारी भयो भनेपछि त्यसमा चाहिँ हर्मोनल अनियमित हो । त्यो चाहिँ जचाउनु पर्छ । महिनावारी हुँदा खेरि पेट दुख्ने सुरुको दुई दिन अथवा सुरु महिनावारी सुरु हुने अगाडि तीन चार दिन अगाडि नै पेट दुख्ने समस्या हुन सक्छ । त्यो चाहिँ सामान्य हो । धेरै नै पेट दुख्ने, बेहोसै हुने भोमिटिङ नै हुने भयो भने चाहिँ प्याथोलोजीकल समस्या हो । तत्काल उपचारका लागि अस्पताल पुग्नु पर्छ ।
- प्याडको प्रयोग र गुणस्तरको बारेमा कसरी थाहा पाउने ?
प्याडमा केमिकल्सहरु हुन्छ । त्यो प्रयोग गर्दा धेरै विषयामा सिकाउनु पर्ने हुन्छ। प्याड चार देखि पाँच घण्टामा परिवर्तन गर्नु पर्छ । प्याडको गुणस्तर परिक्षण गरेर नै बनाएको हुन्छ । चर पनि सम्वन्धित निकायले समय समयमा यसको परिक्षण गर्नु आवश्यक छ । बजारमा पाईने धेरै थरीका प्याडहरुले एलर्जी रियाक्सन हुन्छ । गुणस्तर हिन प्याडहरु पनि छन। स्कुलमा बच्चाहरुलाई दिने प्याड भनेपछि सरकारले गुणस्तर परिक्षण गरेकै होला । स्कुलमा त १५ वर्ष मुनिमा बच्चाहरु हुन्छन । धेरै केमिकल भएको प्याड परेको अवस्थामा त्यसले असर पु¥याउन सक्छ । महिनावारी हुँदा बग्ने रगतको गन्धहरु बाहिर आयो भने नरमाईलो लाग्छ । केमिकलका कारण एलर्जी वा अन्य कुनै समस्या पनि हुन सक्छ । धेरै महिलाहरु एलर्जी रियाक्सन लिएर आउँछन । सबै डाबर डाबर हुन्छ थाई देखि खुट्टा सम्म । प्याडको प्रयोगमा ध्यान दिनु आवश्यक छ । बच्चाहरुलाई चार घण्टा भन्दा बढी प्याड राख्नु हुँदैन भनेर सिकाउनु पर्छ । तिमीले प्रयोग गरेको प्याड परिवर्तन गरिरहनु पर्छ, महिनावारी हुँदा खेरि हरेक दिन नुहाउनु पर्छ भनेर सिकाउनु पर्छ । नुहाउन लगाउने, सफा अनि पोषण युक्त खानेकुरा खान सिकाउने, सरसफाईमा ध्यान दिन सिकाउनु पर्छ । महिनावारीमा देखिएका समस्या लुकाएर राख्न मिल्दैन । त्यसले पार्ने असर लामो समयसम्म रहन्छ र दीर्घकालिन पनि हुन सक्छ । सेतो पानी बग्नु, एलर्जी हुनु, पेट नियमित भन्दा फरक तरिकाले दुख्नु, रगत धेरै बग्नु वा बग्दै नबग्नु, नियमित महिनावारी हुनु वा नहुनु सबै विषयमा ध्यान दिन आवश्यक छ । प्याड गुणस्तर हुन सकेन भने पिसावमा पनि इन्फेक्सन हुन सक्छ ।
- प्रायः विद्यालयहरुमा प्याड परिवर्तन गर्ने र डिस्पोज गर्ने ठाउँ नै छैन नि ?
एउटा महिलाले आफ्नो जीवनमा आधा क्विन्टल जति प्याड प्रयोग गर्छ । अनि एउटा प्याड डिग्रेड हुनलाई ५०–७० वर्ष लाग्छ । भनेपछि कति वटा प्याड त्यहाँ एकुमुलेट हुन्छ त्यसले वातावरणमा कति असर पर्छ त्यो चाहिँ अब हामी सबैले बुझ्नु पर्छ । प्याड डिस्पोज गर्ने ठाउँ हुँदैन अनि उनीहरुले के गर्छ झ्यालबाट प्याड फाल्छ । यता फाल्दिन्छ, उता फाल्दिन्छ । वातावरण पुरै दुर्गन्धित हुन पुग्छ । अर्को चाहिँ प्याड फाल्ने ठाउँ छैन, बालबालिकाहरु स्कुल नै जाँदैनन । प्याड डिस्पोजल ठाउँ, प्याड लिने ठाउँ, प्याड राखेको ठाउँ वा महिनावारी रुम अलग्गै हुनु प¥यो । महिनावारी हुँदा पेट दुख्यो भने वा तत्काल गाह्रो भयो भने आराम गर्ने कोठा हरेक विद्यालयमा हुनु पर्छ । थोरै मन तातो पानी वा पेट दुख्न कम गराउने औषधीको सेवन त्यतिबेला गर्न सकिन्छ । त्यो अवस्था नहुँदा बालबालिकाहरु महिनावारीका समयमा विद्यालय जानबाट लजाउँछन् । सक्दैनन र उनिहरुको जीवन नै अन्धकार जस्तो महसुस गर्छन । विद्यालयहरुमा प्याड लिने र डिस्पोज गर्ने स्थान सुरक्षित गर्नु आवश्यक छ ।
- अन्त्यमा..........
महिलाहरु आफै पनि अगाडी हुनुपर्यो। त्यो चाहिँ मेरो फिजियोलोजिकल कुरा हो नि। त्यो कुराले तिमिहरु निक पछाडी गर्छौ? त्यो मेरो अधिकार हो। लैङ्गिक हिंसा हुनु भएन । महिनावारी महिलाको अधिकार हो । त्यो प्राकृतिक विषय हो । यो विषय नराम्रो होइन। लिङ्गको आधारमा मात्रै हैन, तेस्रो लिङ्ग वा फरक फरक तरिकाबाट हुने हिंसा सह्यै छैन । लिङ्गकै आधारमा वा महिनावारी हुँदा विभेद नहोस् । महिनवारीका समयमा सरसफाई र अधिकारलाई सँगै लैजानुस । प्रस्तुतीः लोकबहादुर थापा









