2024 December 07/ 10:23: 20am

    बनेपा /प्रभु बैंक लिमिटेड पनौती शाखा र डक्र्टस केयर डेण्टल क्लीनीक, बनेपाबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 
    सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले डेण्टल क्लीनीकबाट सेवा लिए बापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै कर्मचारी तथा ग्राहकहरुको दाँतको उपचार शुल्कमा १० देखि १५ प्रतिशत सम्म छुट पाउने छन् । सम्झौतापत्रमा बैंकको पनौती शाखाका प्रमुख नबिन माकजु र डक्र्टस केयर डेण्टल क्लीनीक प्रबन्ध संचालक डा.प्रशान्त सुवाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
    ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ शक्तिशाली, मजबुत, प्रगतिशिल र विश्वसनीयताका साथ नयाँ उचाईमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बंैकिङ र २७५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।