2024 September 11/ 09:09: 16pm

सागर राज मैनाली
    नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक तथा विविधताले भरिपुर्ण मुलुक हो । नेपालमा पाइने विविधता बिश्वका लागि नौलो अनि अनौठो छ । जनताको बहुदलीय जनवाद स्थापित मुलुक नेपालमा शासन प्रणाली प्रत्यक्ष रुपमा  जनतामा निहित छ । तर बिडम्बना हो नेपाली राजनीतिक दलहरू आफैमा स्वचालित हुन सकेनन् । हाम्रा राजनीतिक दलहरुलाई वैदेशिक हस्तक्षेपले पु¥याएको उदाहरणहरु थुप्रै छन् । यो कुनै नौलो कुरा होइन । बि. सं. २०४७ साल पछिको राजनीति परिवर्तन पछि नेपाल उपरको वैदेशिक हस्तक्षेपले थप उर्जा पायो । नवउदारवादसंगै बिकास हुँदै गएको नेपाली राजनीतिक अभ्यासहरुमा वैदेशिक हावी तिब्र गतिमा बढ्न थाल्यो । 
    हालसालै नेपाललाइ अन्तर्राष्ट्रिय राजनीतिक प्रयोगशाला बनाउने मुल उदेश्यका साथ एमसिसि. पास गरियो । यो सम्झौता हालसालै गरिएको भएता पनी यसका निमित्त ठुला भनिएका नेताहरूले झन्डै एक दशक अघि देखि प्रपन्च मिलाई रहेका थिए । यो परियोजना अमेरिकी बिस्तारवाद र उपनिषद्को सबैभन्दा बलियो हतियार हो । एउटा साक्षर ब्यक्तिले यो परियोजना हाम्रो हित बिपरित छ भन्ने कुरा सहजै मुल्यांकन गर्न सक्दछ । तर नेपाली नेताहरू यति सम्म स्वार्थी र बिदेशीका गुलाम भएकी उनिहरुले आफ्नो फाइदाका लागि मुलुकको सार्बभौम सत्ता समेत बेच्न तयार भए । 
एमसीसीका पदाधिकारी निरन्तर नेपाल आउने क्रममा आयोजनाको काम शुरू हुन लाग्दा परियोजना प्रमुख आउनुका साथै प्रम प्रचण्डको सहभागितामा भोज गरिएको छ । के कुनै देशले दिने अनुदानमा यति ठूलो दवाव, घुसपैठ, समारोह र राजनीति गर्नु पर्छ ? तथ्यबाट स्पष्ट हुन्छ –यो हिन्द– प्रशान्त सामरिक रणनीतिको अंग हो । नेपाललाई त्यसको भुमरीमा फँसाइदै छ । 
    एमसिसि प्रमुखले नेपालको संसदबाट पारित ’व्याख्यात्मक घोषणा’ अमेरिकाले मानेको भनी प्रचार गरेर एमसीसीको पक्षमा जनतालाई भ्रमित तुल्याउने चेष्टा हुँदैछ । यदि अमेरिकाले ‘व्याख्यात्मक घोषणा’ मानेको हो भने उक्त घोषणा सम्झौताको अंग बनेको भनी अमेरिकाले नेपाललाई लेखेको पत्र सार्वजनिक गरियोस् । होइन भने त्यस्तो प्रचार नेपाली जनतालाई झुक्याउने हतकण्डा भएको स्वतः प्रमाणित हुनेछ । नेपाली नागरिकहरुलाई एकाआपसमा बिखण्डित गराई उनिहरु बिचमा दङ्गा र युद्ध उत्पादन गराउने नियतका विविध कर्यहरु अप्रत्यक्ष रुपमा भइरहेको छ । यसको प्रमुख उद्देश्य भनेको नेपालमा नागरिक युद्धको सिर्जना गर्ने र त्यसपछि एम.सि.सि. परियोजनामा नेपालीका कारणले हस्तक्षेप भयो भनी अमेरिकी सैनिक परिचालन गर्नु हो । यो उनीहरुको सेना बृहत् मात्रामा नेपाल भित्र्याउने षड्यन्त्र हो । कोशी प्रदेशमा भएको पहिचानबादी आन्दोलन, धरानमा भएको धार्मिक द्वन्द्व र नेपालगन्जमा भर्खरै भएको धार्मिक द्वन्द्व हालसम्मको एमसिसिको उपलब्धी हो । तराईमा बिबिधता बढी छ र नाका नजिक भएकाले यस्ता योजना सफल गर्न उनिहरुलीइ सजिलो हुन्छ । अझै थुप्रै यस्ता द्वन्द्व र झगडा गराउने भित्री षड्यन्त्र भई राखेको छ । यस्तो अवस्थमा सबै जनता एक भएर सहिष्णुता कायम गरि यस्ता नकारात्मक पक्षलाई बेवास्ता गरि बस्नु उचित हुन्छ । 
    हाम्रो विविधतालाई बिखण्डन गर्न खजिदै छ । अब मुलुकको उन्नति र हित चाहने जनता एकतिर र नेताहरु एकतिर भए मात्रै परिवर्तनको आशा गर्न सकिन्छ । गणेशमान सिंहको भनाई नेपाली जनता भेडा हुन भन्ने उक्तिलाई हामी सबै मिलेर गलत साबित गर्नुपर्छ ।