2025 January 19/ 06:17: 10am

रत्नराज खतिवडा
सहायक प्रिन्सिपल
ज्ञानकुञ्ज स्कूल, बनेपा

- नयाँ शैक्षिक सत्रमा ज्ञानकुञ्जमा कस्ता कार्यक्रमहरु संचालन भएका छन् ? 
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रमहरु ल्याएको छ । ज्ञानकुञ्ज प्रतिष्ठानमा नर्सरी देखि मास्टरसम्म अध्ययन हुने एक मात्र शैक्षिक संस्था हो । यसलाई हामी कलेज अफ म्यानेजमेन्ट पनि भन्न सक्छौं । हामीले व्यवस्थापन संकाय मात्र चलाइरहेका छौं । म विद्यार्थीहरुलाई के भन्न चाहन्छु भने कुनै पनि कलेजहरु छनौट गर्नुपूर्व त्यो कलेजको बारेमा धेरै बुझ्नु आवश्यक छ । धेरै विद्यालयहरु कलेजहरु भएता पनि त्यस विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा विद्यार्थी र अभिभावकहरु सचेत रहनुपर्छ । एसईई नतिजा पछि विद्यार्थीहरु ४० प्रतिशत मात्र विद्यार्थीहरु भर्ना भएका छन् भने ६० प्रतिशत विद्यार्थीहरु अहिले पनि असल कलेजको खोजीमा छन् । 

व्यवस्थापन संकाय मात्र पढाई हुने विद्यालयमा कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
    ज्ञानकुञ्ज विद्यालयले ११ र १२ मा निश्चित कोटा प्रणाली अन्तर्गत भर्ना लिइरहेको छ । हामीले एउटा कक्षा कोठामा ४० जना विद्यार्थीहरु भर्ना गर्ने गरेका छौं । म्यानेजमेन्ट स्कूल अन्तर्गत आईटी म्यानेजमेन्टमा कम्प्युटर साईन्स, हस्पिटालिटी म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्टका विषयमा पढाईरहेका छौं । यसर्थ हामीले विद्यार्थीहरुलाई कोटा प्रणालीबाट नै भर्ना लिने गरेका छौं । 

व्यवस्थापन विषय कस्ता विद्यार्थीहरुले पढ्न सक्छन् ? किन व्यवस्थापन संकाय नै रोज्ने ?
व्यवस्थापन संकायको क्षेत्र फराकिलो छ । अरु संकायहरु पनि छन् । यसको क्षेत्र धेरै भएको हुँदा विद्यार्थीहरु यसप्रति आकर्षित भएको पाइन्छ ।

विज्ञान संंंकाय पढ्न नसक्नेले व्यवस्थापन संकाय रोज्ने हो ? 
विद्यार्थीहरुमा धेरै जिपिए ल्याउँदैमा साइन्स पढ्छु भन्ने जुन एक किसिमको भ्रम छ त्यो बुझाई गलत छ । विज्ञान विषय पढाउँदा अभिभावकले आर्थिक देखि लिएर धेरै कुरा बुझ्नुपर्ने हुन्छ । अरु संकायहरु नराम्रो हो भनेको पनि होइन । स्वभाविक राम्रा नै छन् । म्यानेजमेन्ट विषय पढ्नको लागि उत्कृष्ट जिपिए हुनुपर्छ भन्ने छैन । व्यवस्थापन जुन विद्यार्थीले पढ्छ त्यसले यसको स्कोपहरु हेर्नुपर्छ । यसको स्कोप वृहत छ । 

शिक्षा सीप र रोजगारसँग जोडिएको छ, व्यवस्थापन विषय पढ्नेले रोजगार सहजै पाउन सक्छ ?
अहिलेका विद्यार्थीहरुले कुन शिक्षा व्यवहारमुखी र रोजगारमुखी छ सो बुझ्नु जरुरी छ । हामीले कक्षा ११ को विषयलाई विचार गर्ने हो भने हामीले व्यवस्थापन विषय अन्तर्गत नै कम्प्युटर साईन्स, जनरल म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्ट राखेका छौं । यी मध्ये जुनसुकै विषय पढे पनि सीपमूलक विषय नै हुन् । यसर्थ व्यवस्थापन पढ्ने विद्यार्थीहरु भविष्यमा गएर रोजगार बस्नुपर्र्दैन भन्ने मलाई लाग्छ । 
ज्ञानकुञ्जमा यस विषयलाई थप प्रभावकारी बनाउन कस्तो पहल भएको छ ?
हामीले आईटी पढ्ने विद्यार्थीहरुका लागि कम्प्युटरको व्यवस्था गरेका छौं । जसअन्तर्गत विद्यार्थीहरुले प्रत्यक्ष लाभ उठाइरहेका छन् । त्यस्तै होटल व्यवस्थापनका लागि आवश्यक सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था गरिएको छ । 

पछिल्लो समय विद्यार्थीहरुमा अध्ययन गर्ने रुची घट्दै गएको हो ? 
पछिल्लो समयको पुस्ताले पढाईमा त्यति ध्यान नदिएको स्वभाविक हो । यसको लागि हामीले विभिन्न शैक्षिक विधिहरु अपनाएर कक्षा संचालन गर्दै आएका छौं । समय समयमा गेष्ट लेक्चरर, विद्यार्थीहरमा मोनोटोनस नहोस भनेर अडियो भिडियो विधि अपनाएर अध्यापन गर्दै आएका छौं । यसको साथै ज्ञानकुञ्जले विद्यार्थी केन्द्रित रहेर पढाईरहेको अवस्था छ । हामी प्रत्यक्ष निगरानीमा रहेका छौं । हामी कुनै विद्यार्थी अनुपस्थित रहेको खण्डमा उनीहरुको अभिभावकसँग जानकारी लिने गरेका छौं । 

व्यवस्थापन संकायअन्तर्गत पनि विभिन्न विषय रहेका छन्, विद्यार्थीले कसरी विषय छनौट गर्ने ?
    ज्ञानकुञ्जले विद्यार्थी भर्ना गर्ने क्रममा नै हामी विद्यार्थी र अभिभावकसँग छलफल गर्छाै कि विद्यार्थीको रुची के मा छ । पछि गएर पढ्दै जाने क्रममा कुनै समस्या नआओस् । त्यहि अनुसार विषय अनुसार उनीहरुलाई बुझाएर मात्र भर्ना लिने गर्छाैं । विद्यार्थीको रुचीलाई मध्यनजर गरेर विषय छनौट गराउँछौं । ताकि भविष्यमा गएर पछुताउनु नपरोस् । 

विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र पुग्छ कि अरु थप केहि कार्यक्रम छन् ज्ञानकुञ्जमा ?
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान विद्यार्थीहरुका लागि एउटा प्लेटफर्म हो । यस प्रतिष्ठानले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि दिइरहेको अवस्था छ । फिल्ड भिजिटलाई पनि प्राथमिकता दिएका छौं । फिल्ड भिजिटमा गएका विद्यार्थीहरुले आफूले जानेका बुझेका कुराहरुलाई अध्ययन गरेर भोलिपल्ट कक्षाकोठामा प्रिजेन्टेसन गर्ने काम हुन्छ । त्यसो भएको हुनाले उनीहरुमा व्यवहारिक ज्ञान पनि थपिन्छ ।
अर्काे कुरा हामीले सानै कक्षादेखि नै सैद्धान्तिक ज्ञानसँगसँगै व्यवहारिक ज्ञानलाई सँगै अगाडि बढाउँदै लगेका छौं ।

पछिल्लो समय विद्यार्थीमा नैतिक शिक्षा हराउँदै गएको भन्ने गुनासो छ नि ? 
अहिले नैतिक शिक्षा ओझेल परेको अवस्था छ । हामीले चाहिँ विद्यार्थीहरुलाई नैतिकवान् बनाउनुपर्छ भन्ने उद्देश्यले नैतिक जिम्मेवारी के हो ? किन आवश्यक छ भन्ने विषयमा शिक्षा दिइरहेका छौं । 

ज्ञानकुञ्जमा पढ्न जाने न्यून आर्थिक स्तर भएकाहरुको लागि छात्रवृत्तिको कस्तो व्यवस्था छ ? 
ज्ञानकुञ्जले समाजमा रहेका अभिभावकहरुका लागि एउटा राम्रो प्लेटफर्म दिएको छ । यस सन्दर्भमा कुरा गर्नुपर्दा ज्ञानकुञ्जले विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था गरेको छ । एसईई जिपिए ग्रेडको आधारमा, टर्मिनल परीक्षामा ल्याएको नतिजाको आधारमा, गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्तिको उचित व्यवस्था गरिएको छ । आर्थिक स्तर न्यून रहेका विद्यार्थी जो पढ्नमा उत्कृष्ट छन् उनीहरुको लागि पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ । विद्यार्थीहरुमा पढ्ने प्रतिस्पर्धाको भावना होस्, राम्रोसँग पढ्ने होउन्, र उनीहरुमा गुणस्तरीय शिक्षा होस् भन्ने हेतुले विभिन्न किसिमका छात्रवृत्तिको व्यवस्था ज्ञानकुञ्जले प्रदान गरेको छ । 
यातायातको सुविधा कस्तो छ ?
ज्ञानकुञ्जमा पढ्न आउने विद्यार्थीहरु टाढाटाढाबाट आउने गर्दछन् । विद्यार्थीहरुको सहजताका लागि यातायातको उचित व्यवस्था रहेको छ । उनीहरु कलेजको शिक्षा प्रणाली र कलेजको सेवा सुविधा प्रति जानकार भएर यस प्रतिष्ठानमा आउने क्रम बढ्दो छ । हामी निर्धक्क के भन्न सक्छौ भने ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान व्यवस्थापन क्षेत्रमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने कलेज अन्तर्गत पर्दछ । 

अतिरिक्त क्रियाकलापमा ज्ञानकुञ्जको भूमिका के रहेको छ ?
किताबी ज्ञान मात्र सम्पूर्ण कुरा होइन भन्ने भनाई छ । त्यसका अतिरिक्त अन्य क्रियाकलापको पनि अति आवश्यक पर्छ । यस विषयमा ज्ञानकुञ्जले एकातिर पढाईलाई पनि जोड दिएको छ । अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै रुपमा अगाडि बढाएको अवस्था छ । फिल्ड भिजिट पनि सँगै लैजाने गरेका छौं । 

विद्यालयमा पढेर मात्र नपुगेर ट्युसन पढ्नुपर्ने वातावरणलाई कसरी हेर्नुहुन्छ ?
वास्तावमा विद्यार्थीले कक्षामा पढेपछि ट्युसन पढ्नुपर्ने अवस्था नआउनुपर्ने हो । अहिलेको परिस्थितिमा ज्ञानकुञ्जले यस्तो वातावरण तयार गरेको छ कि हामीले पढाईसँगै अन्य क्रियाकलापहरुलाई अगाडि बढाउँदै लगेका छौं । यसबाट विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसर्थ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा पढ्ने विद्यार्थीले ट्युसन पढ्नुपर्ने अवस्था नरहेको जानकारी गराउन चाहन्छु ।

ज्ञानकुञ्जमा कहिलेसम्म भर्ना गर्न सकिन्छ ?
ज्ञानकुञ्जले अहिले भर्नाको क्रम जारी राखेको छ । तथापि हामीसँग सीमित कोटाहरुमा मात्र भर्ना लिन्छौं । यदि भर्ना अवधिभित्र सम्म पनि आउनु भएन भने हामी विद्यार्थीहरुलाई भर्ना लिन सक्दैनौ । किनभने हामीसँग सीमित कोटा मात्र रहन्छ । कोटा सकिएको खण्डमा हामी थप विद्यार्थी लिन असमर्थ हुन्छौं । 

अन्त्यमा,
म सम्पूर्ण अभिभावकहरुलाई के अनुरोध गर्न चाहन्छु भने आफ्ना नानीबाबुहरुलाई कुनै पनि कलेजमा भर्ना गर्न चाहनुहुन्छ भने कलेज भन्दा पनि कलेजको नतिजा हेरिदिनुहोस् । कलेजको वातावरण बुझिदिनुहोस् । अनुशासन बुझिदिनुहोस् । अनि मात्र आफ्ना बालबालिकाको भविष्य सुनिश्चित हुन्छ ।
 – प्रस्तुती लोकबहादुर थापा