2024 September 11/ 11:31: 27pm

पूर्णबहादुर कर्माचार्य
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना गर्दा जुन उद्देश्य लिएको थियो । त्यो उद्देश्यमा अहिलेको सन्दर्भमा नेपालको कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरु लागेका छन् कि छैनन् होला भन्ने विषयमा सबैले चिन्तन मनन गरोस् भन्ने सोचमा यो सानो विचार पस्कने जमर्काे गरेको छु । हुन त म कुनै दार्शनिक कम्युनिष्ट ज्ञाता होइन तर आफूले कम्युनिष्ट आन्दोलन सफल पार्न आफू जागिरे भैकन पनि पञ्चायतकालमा जागिरको र पैतृक सम्पत्तिको समेत पर्वाह नगरी लागिरहेको थिएँ । कम्युनिष्ट आन्दोलन सफल बनाउन एक शिक्षकको जागिरे भएर पनि गाउँ गाउँमा टोल टोलमा पार्टीको संगठन विस्तार निर्माण गर्न लागि परेको थिएँ । तर म कुनै पनि नेताको पछि नलागेको शुद्ध पार्टीको संगठन विस्तारमा मात्र लागेको कारण चर्चामा आउन सकिनँ र चर्चामा आउन पनि खोजिनँ । केहि किताबहरु अध्ययन गरेको र प्रशिक्षण र प्रशिक्षक भै जाँदाको अनुभवको आधारमा मेरो सोचाई र बुझाईहरु पस्केको छु ।
कम्युनिष्टको जन्म कसरी भयो ?
    महान् दार्शनिक कार्लमाक्स र उहाँको घनिष्ट मित्र फ्रेडरिक एगेल्सले “कम्युनिष्ट पार्टीको घोषणा पत्र” सार्वजनिक गर्नु भए पछि माक्र्सवाद र साम्यवादको विश्वव्यापी प्रभाव सुरु भएको थियो । साम्राज्यवाद र सामन्तवादको विरुद्ध आन्दोलनहरु हुन थाल्यो । त्यो आन्दोलनको पहिलो प्रभाव रुसमा प¥यो । त्यहि प्रभावले रुसमा सन् १९१७ मा भ्लादमिर र इलिच लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भई पहिलो विश्वको पहिलो साम्यवादी कम्युनिष्ट शासनको स्थापना पछि त्यहाँको शासकहरुको अन्त्य भयो ।
    चीनमा माओत्सेतुङ्गको नेतृत्वमा चीनको सामन्ती शासक च्याङकाइसेकको शासनबाट मुक्त हुन क्रान्तिलाई अगाडि बढाउने काम भयो । कहिले लम्बले अभियान कहिले किसान आन्दोलनबाट चीन स्वतन्त्रताको आन्दोलनलाई निरन्तरता दिएकोले चीनमा नयाँ जनवादी क्रान्ति सफल गरि आफ्नो नेतृत्वमा राज्य कब्जा गरी कम्युनिष्ट राज्य स्थापना सफल भएको थियो । चीनमा सन् १९४९ मा कम्युनिष्ट (साम्यवाद) को शासन व्यवस्था भएको राज्यको स्थापना भएको थियो । यसैगरी अन्य देशहरुमा साम्यवादी शासन व्यवस्था स्थापना हुने क्रम बढ्दै गएको थियो ।

कम्युनिष्ट (साम्यवाद)
    संसारमा रहेको मानिसहरु मध्य सबभन्दा असल, सभ्य, लडाकू, जनताको हकहित र जीवन रक्षाको लागि मर्न पनि तयार हुने, शोषित, पीडित किसान, मजदुर वर्गको पक्षमा बोल्ने र तिनीहरुको संरक्षण गर्न निरन्तर लागिरहने व्यक्ति नै कम्युनिष्ट हुन्छन् । आफ्नो र आफ्नो आफन्तजन, मित्रको स्वार्थ पूर्ति गर्न नभई शोषित, पीडित श्रमजीवी जनताको मुक्तिको लागि जस्तोसुकै त्याग र बलिदान गर्न पछाडि नपर्नु कम्युनिष्टको विशेषता हो ।
    कम्युनिष्टहरु अन्धविश्वासबाट मुक्त भै वैज्ञानिक दृष्टिकोणबाट सुसज्जित हुन्छन् । कम्युनिष्टको वास्तविक मित्र र सहयात्री नै शोषित, पीडित श्रमजीवी जनता हुन्छन् । श्रम र श्रमजीवी जनतालाई आदर सम्मान गर्नु उनीहरुकै सुखदुःखमा समर्पित रहनु कम्युनिष्टको कर्तव्य हुन्छ । कम्युनिष्टहरु निडर, लडाई र शत्रुको अगाडि स्वाभिमानी भै लडाकू हुन्छन् । कम्युनिष्टहरु अन्तिम समयसम्म पनि निराश हुँदैनन् र जुनसुकै व्यवधानसँग जुध्नबाट पछि हट्दैनन् । निरन्तर संघर्ष, त्याग र लडाकु भै रहनु नै कम्युनिष्टको जीवन हुन्छ ।
    कम्युनिष्ट अनुशासित, कर्तव्यनिष्ट, लगनशील, अध्ययनशील, निश्वार्थी, निश्कलंक र गम्भीर हुन्छन् । हरेक कुरामा र विषयमा गम्भीर भएर सोच्ने र अध्ययन गर्ने र हरेक विषयमा गहिराईमा पुगि अध्ययन गर्न सक्ने व्यक्ति मात्र कम्युनिष्ट हुन्छन् । स्वार्थी, समाजप्रति आस्था नभएका, जनताप्रति आदर सम्मान र नम्रता व्यवहार गर्ने नभएका, जनविश्वास गुमाएका, घमण्डी, आफ्नो आफ्नो स्वार्थ पूर्ति गर्न जे गर्न र भन्न पछि नपर्ने आफ्नो स्वार्थ पूर्ति गर्न अरुको बदनाम गर्ने, पार्टी अनुशासन पालन नगर्ने, एकल निर्णय गरि अगाडि बढ्ने व्यक्ति कम्युनिष्ट बन्न सक्दैन । कम्युनिष्ट पार्टीको संगठन मित्र बस्ने नेतृत्व लिने तर नेतृत्वको भूमिका निर्वाह नगरी गुटको बैठक बसी पार्टी संचालन गर्ने आलोचना गर्नेलाई शत्रुवत् व्यवहार गर्ने, आफ्नै सर्वेसर्वा भूमिका निभाई संगठन चालउने व्यक्ति पनि कम्युनिष्ट बन्न सक्दैन । कस्ता व्यक्ति कम्युनिष्ट हुन्छन् र कस्ता व्यक्ति वा समूह कम्युनिष्ट हुन सक्दैन भन्ने विश्लेषण गरि नेताको सहि मूल्यांकन गरि पार्टीमा लाग्न इमानदार, स्वाभिमानी, नैतिकवान्, कार्यकर्ताको, शुभचिन्तकको कर्तव्य हुन आउँछ ।

संगठन र अनुशासन
    जावादी संगठनहरुले हरेक विषयको कार्यहरु गर्दा जनवादी केन्द्रियताको आधारमा गर्नुपर्दछ । जनवादी केन्द्रियता विपरीत भएमा समाजवादी आन्दोलनलाई सफल पार्न सकिँदैन । जनवादी केन्द्रियता लागू गरी कार्य गर्नु, निर्णय गर्नु, नीति निर्माण गर्नु कम्युनिष्ट पार्टीको विशेषता हुन् ।
जनवादी केन्द्रीयताको शब्दार्थ
    जनवाद ः पार्टी सदस्यले पार्टीभित्र प्रयोग गरिने प्रजातन्त्र, सामुदायिक निर्णयलाई कार्यान्वयन गर्नु नै जनवाद हुन्छ । जनवादमा सामुदायिक निर्णय व्यक्तिगत जिम्मेवारी हुन्छ । सम्पूर्ण निर्णयहरु आपसी छलफल गरी सामुदायिक निर्णय गरी कार्यान्वयन गर्नु नै जनवाद हुन आउँछ । 

केन्द्रियता ः पार्टी सदस्यले पार्टीको निर्णय र पार्टीको निर्देशनलाई पालन गर्नुलाई नै केन्द्रियता भनिन्छ । हरेक कमिटीमा रहेका पार्टी सदस्यले पार्टीको निर्णयलार्य पालना गर्नु पर्दछ । 

जनवादी केन्द्रियताको सार
१) व्यक्ति संगठनको अधिनष्ट हुनेछ ।
२) तल्लो तहको कमिटी माथिल्लो तहको अधिनष्ट हुनेछ ।
३) सम्पूर्ण कमिटी र सदस्यहरु केन्द्रिय कमिटिको अधिनष्ट हुनेछ ।
४) कमिटीमा अल्पमतको कदर, बहुमतको निर्णय पालना गर्नुपर्नेछ । 
५) महाधिवेशन सम्पूर्ण सदस्यको अधिनष्ट हुन्छ ।
    माथि उल्लेखित जनवादी केन्द्रियताका सारहरुलाई पार्टी अनुशासनको नियम मानी पालना गर्नुपर्दछ । जसले यी अनुशासन उल्लंघन गर्दछ उले पार्टी एकतालाई भंग गर्दछ । त्यसैले जनवादी केन्द्रिय भित्र रहि संगठनको काममा लाग्नु पार्टी सदस्यको कर्तव्य हुन आउँछ । 
सम्पूर्ण पार्टी सदस्यले पालना गर्नुपर्ने नियमहरु
१) आफ्ना सबै काममा पार्टीका आदेशहरु पालना गर्नु पर्छ । 
२) जनताबाट र जनताको नाममा आएको एउटा सियो र धागोको टुक्रासम्म पनि लिनु हुँदैन ।
३) आफूले लिई राखेको प्रत्येक चिज पार्टी संगठनमा बुझाउनु पर्दछ ।
पार्टी सदस्यले ध्यान दिनुपर्ने कुराहरु
क) नम्र भएर बोल्ने र अभद्र व्यवहार गर्नुहुँदैन ।
ख) आफूले किनेको सामानको मोल रकम तिर्ने गर्नुपर्दछ ।
ग) आफूले कब्जा गरेको प्रत्येक सामान तथा चिजहरु संगठनमा (पार्टीमा) बुझाउनुपर्दछ ।
घ) आफूले बिगारेको जुनसुकै सामानहरुको रकम तिर्नु पर्दछ ।
ङ) जनतालाई कुटपिट र हप्काउने गर्नु हुँदैन ।
च) कसैको पनि बाली तथा सामानहरु बिगार्नु हुँदैन ।
छ) कुनैपनि महिला प्रति छाडा व्यवहार र नराम्रो सोच राख्नुहुँदैन ।
ज) बन्दीहरुसित नराम्रो व्यवहार गर्नुहुँदैन ।

पार्टी सशक्तिकरण
१) पार्टी सशक्तिकरण भनेको के हो ?
–    पार्टीलाई संगठित र सशक्त पार्नु,
–    पार्टीलाई तल्लो तहको कार्यकर्ता र समर्थक सर्वसाधारण जनतासम्म पु¥याउनु,
–    पार्टीको राजनैतिक कार्य, आफै व्यवस्थापन र सैद्धान्तिकलाई दरिलो बनाउनु,
–    सम्पूर्ण नेता कार्यकर्तामा पार्टीप्रति बफादार भई पार्टीको निर्णय र पार्टीको हितको लागि कर्तव्यको पालना गर्नु,
–    पार्टी नै आफ्नो सम्पत्ति सम्झेर शत्रुको विरुद्ध सामना गर्नु,
–    पार्टीलाई आफ्नो स्वार्थ पूरा गर्ने औजारको रुपमा प्रयोग नगर्नु,
पार्टी सशक्तिकरण हुन के के जान्नुपर्दछ र आवश्यक छ ?
क) पार्टीको नीति, कार्यक्रम, अनुशासन बारे ज्ञान हुनुपर्दछ ।
ख) पार्टीको शुद्धिकरण र सुदृढिकरणको जानकारी हुनु पर्दछ ।

पार्टी एकीकृत हुन किन आवश्यक छ ?
क) पार्टीभित्र पार्टीको सैद्दान्तिक बहस चलाउने र समस्या भए समाधानका उपायहरुको निरन्तर छलफल बहस गरिरहनु पर्दछ ।
ख) पार्टीमा अन्तरविरोध र अन्तरकृया भइरहनु पर्दछ र अनुशासित ढंगले रहनु पर्दछ ।
ग) पार्टीमा स्वस्थ तरिकाबाट आलोचना आत्मालोचना गर्ने प्रक्रियालाई निरन्तरता दिनुपर्दछ ।
घ) पार्टीको दस्तावेजहरुको र माक्र्सवाद, लेनिनवाद सम्बन्धि दस्तावेजहरुको अध्ययन र छलफल गरिरहनु पर्दछ ।
पार्टीका नेता र कार्यकर्ताले पालना गर्नुपर्ने कुराहरु
–    पार्टी अनुशासनको पालना गर्नु, 
–    पार्टी विधानको पालना गर्नु,
–    बहुमतको निर्णय पालना गर्नु,
–    जनताको अभिमतको पालना गर्नु,
–    पार्टीप्रति बफादार रहि पार्टीको काममा निरन्तर खट्नु पर्ने,
–    पार्टी गोपनीयताको पालना गर्नु,
–    वर्ग शत्रु चिन्नु पर्ने र तिनीहरुबाट सजग रहनुपर्ने
पार्टी किन विभाजन हुन्छ ?
–    पार्टीको निर्णय विपरीत काम गर्ने प्रवृत्तिको वृद्धि भएमा,
–    पार्टीको र जनताको हित भन्दा आफ्नो व्यक्तिगत स्वार्थको प्रेरित भएमा,
–    अरुलाई कम महत्व दिने र आफ्नो मात्र महत्व छ भन्ने महत्वाकांक्षा बढेमा,
–    आलोचना गरेका नसहने आत्मालोचना नगर्ने आफ्नो इच्छा अनुसार चल्ने भएमा,
–    आफ्नो स्वार्थ पूरा गर्न अरुको अस्तित्वलाई नस्विकारी बद्नाम गर्ने प्रवृत्ति भएमा,
पार्टी विभाजनबाट हुने घाटाहरु
–    पार्टीको बहुमतको सरकार बन्नमा अवरोध हुने,
–    जनताको इच्छा पूरा नहुने,
–    प्रतिक्रियाबादी र विपक्षी दलको मनोबल बढ्ने,
–    जनतामा कम्युनिष्ट प्रति वितृष्णा बढ्ने सम्भावना हुने,
–    कम्युनिष्ट शक्ति कमजोर हुने,

अनुशासन/पद्दति
पार्टीको महत्वपूर्ण पक्ष अनुशासनको पालना गर्नु हो । अनुशासन विना केहि पनि स्थिर रहँदैन । त्यसैले पार्टीको नेता, कार्यकर्ता अनुशासित हुनु अति आवश्यक छ । अनुशासित नेता, कार्यकर्ता मात्र पार्टीलाई अनुशासित बनाई पार्टी शुद्ध र बलियो खम्बा जस्तै बनाउन सकिन्छ ।

पार्टीका नेता कार्यकर्ताले पालना गर्नुपर्ने अनुशासनका नियमहरुः 
–    सम्पूर्ण पार्टीका सदस्यहरुले पार्टीको निर्देशन पालना गर्नुपर्छ ।
–    तल्लो तहका कमिटीहरु माथिल्लो तहको अधिनष्ट हुने भएकोले माथिल्लो तहबाट आएको सबै निर्देशनलाई अक्षरस ः पालना गरि कार्यान्यवन गर्नुपर्छ ।
–    कमिटीको बैठकमा असहमति र फरक मत राख्नु परेमा स्वस्थ तरिका राख्न सकिन्छ र फरक मत जाहेर गर्न सकिन्छ ।
–    बहुमतले गरेको निर्णयलाई सबैले स्विकार्नु पर्नेछ ।
–    महाधिवेशनको फैसलालाई स्विकार्नुपर्नेछ ।
अनुशासनको पालना नगर्नेमा नेता, कार्यकर्तालाई अनुशासनको कार्वाहीगर्न सकिनेछ, पार्टीले गरेको अनुशासनको कार्वाहीलाई कार्वाहीमा परेका नेता कार्यकर्ताले सहज रुपमा लिन सक्नु पर्छ । कार्वाहीको अवधिमा पनि पार्टीको काममा सक्रिय भै पार्टी काममा संलग्न रहनु सकिन्छ ।

निम्न लिखित प्रमाणहरु पुष्टि भएमा अनुशासनको कार्वाही गर्नेछ ।
–    पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक कृयाकलाप गरेमा,
–    पार्टीको हित विपरीत गुटबन्दी तथा षडयन्त्र गरेको प्रमाणित भएमा,
–    पार्टीको निर्णय नमानी खुल्ला रुपले निर्णयको उल्लंघन गरेको प्रमाणित भएमा,
–    सार्वजनिक टिप्पणी गर्ने भनि निर्णय गरेको विषयमा बाहेकका विषयमा सार्वजनिक टिप्पणी गरेको प्रमाणित भएमा,
–    पार्टीको गोपनीयता उद्देश्यमूलक ढंगले भंग गरेमा, पार्टीको विपक्षमा रहेमा,
–    अनैतिक वा भ्रष्ट कृयाकलाप गरेमा,
–    पार्टीको विधान नियमावलीमा उल्लेखित अनुशासन भंग गरेमा वा गरेको प्रमाणित भएमा,
–    आर्थिक अनुशासन हिनको कार्यमा लागेमा ।
संगठनात्मक क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण कार्यहरु
–    विचारधारात्मक काम,
–    विधानको परिचालन,
–    जनवादी केन्द्रियताको पालना
–    सूचना तथा अभिलेख प्रणालीलाई व्यवस्थित राख्ने,
–    प्रतिवेदनहरु नियमित गर्ने,
–    मूल्यांकन प्रणालीको विकसित गर्ने,
–    पार्टीले गर्नुपर्ने कार्यलाई योजना बनाई योजनाबद्ध काम गर्ने,
–    आलोचना, आत्मालोचनाको पद्दतिलाई नियमित पार्ने,
–    कमटिी प्रणाली स्थापित गर्ने,
–    आन्दोलनलाई संगठित गर्ने,
–    विकास निर्माण कार्यमा नेतृत्व गर्ने,
–    अध्ययन÷प्रशिक्षणलाई नियमित गर्र्ने
–    निरीक्षण÷अनुगमन गरी पार्टीलाई सुदृढ गर्ने,
–    नेतृत्व तह आधारभूत (तल्लो तह) तहसम्म गई संगठनलाई बलियो बनाउनुपर्छ,
–    पार्टी अनुशासन सम्बन्धि विशेष व्यवस्था गर्ने,
–    कार्य शैलीमा सुधार ल्याउने,
–    कम्युनिष्ट आचरणको पालना गर्ने,
संगठित सदस्यको कर्तव्य र अधिकार
–    कुनैपनि पार्टी कमिटीमा संगठित हुनुपर्नेछ, कमिटीको बैठकमा स्वतन्त्रतापूर्वक आफ्नो मत व्यक्त गर्ने अधिकार रहनेछ । 
–    जारी गरिएको निर्देशन र निर्णयहरु प्राप्त गर्ने र  तिनको पालना गर्ने, पार्टीका दस्तावेजहरु प्राप्त गरि अध्ययन गरी कमिटीमा आफ्नो मत जाहेर गर्ने ।
–    सुझाव टिप्पणी र आलोचना सम्बन्धित कमिटीमा पठाउने,
–    तोकिएको प्रकृया बमोजिम बैठक, अधिवेशन र महाधिवेशन चुन्ने, चुनिने र नीति निर्माण गर्ने विषयमा मतदान गर्ने,
–    पार्टीको सिद्धान्त कार्यक्रम र नीतिको दृढतापूर्वक अनुसरण गर्दै जिम्मेवारी पूरा गर्ने,
–    पार्टीको संगनात्मक अनुशासनलाई दृढतापूर्वक पालना गर्दै पार्टी एकता र गोपनीयता जोगाई राख्न कृयाशील रहने,
–    तोकिएको सदस्यता शुल्क नियमित रुपमा संगठनमा बुझाउने,
–    आफ्नो कार्यक्षेत्रको प्रतिवेदन कमिटीमा बुझाउने,
–    पार्टीले खटाएको कुनैपनि संगठनमा संगठित भई जिम्मेवारी पालना गर्ने,
–    तोकिएको समयमा हरेक वर्ष सदस्यता नविकरण गर्ने,
–    पार्टीले संचालन गरेको आन्दोलनमा सक्रिय सहभागी हुने,
–    पार्टी भित्र देखिएका कमिकमजोरीलाई केलाई संगठनमा छलफल चलाई समाधान गर्न पहल गर्ने,
–    विकृति र विसंगतिका विरुद्ध वैचारिक संघर्ष चलाउने, आएको समस्या समाधान गर्न पहल गर्ने,
व्यवस्थापन
व्यवस्थापन र यसको आधारभूत सिद्धान्त

    भूमिका ः कुनैपनि निकायलाई राम्रोसँग संचालन गर्न व्यवस्थापन पक्ष आवश्यक पर्दछ । व्यवस्थापन पक्ष राम्रो रहेसम्म सम्पूर्ण संघ संस्था, संगठन सुदृढ रहन जान्छ । प्राचीन समयमा संगठनलाई महत्व दिई त्यसको व्यवस्थापन राम्रोसँग गरिएको पाइन्छ । बिसौं शताब्दी सम्ममा पनि सामाजिक कार्य, आर्थिक कार्य, धार्मिक कार्य, शिक्षा, स्वास्थ्य, वातावरणको संरक्षण गर्ने कार्य सबै कामको जिम्मेवारी संगठनलाई दिइएको हुन्छ । यी प्रत्येकको संगठनले आफ्नै तरिकाले व्यवस्थापन गरेको हुन्छ ।
    आजको आधुनिक युगमा व्यवस्थापन पक्षलाई महत्व दिन आवश्यक छ । व्यवस्थापन राम्रो नभए संगठन राम्रो सँग चल्दैन । कुनैपनि संगठन राम्रोसँग संचालन छन् र संगठनलाई सुदृढ र सक्षम बनाउन व्यवस्थापनमा निर्भर रहन्छ । व्यवस्थापन प्रायः गरी आर्थिक कारोबार हुने संस्थाहरुमा मात्र प्रयोगमा ल्याएको हुन्थ्यो । आजको आधुनिक युगमा व्यवस्थापनको आवश्यकता गैह्र आर्थिक, सामाजिक,, शैक्षिक, विभिन्न प्रकारको संघसंस्था, राजनैतिक पार्टीहरुमा समेत महसुस भैसकेको छ । विकासशील देशहरुमा व्यवस्थापन पक्षलाई महत्व दिइएको हुन्छ । आज आएर विकासोन्मुख देशमा पनि व्यवस्थापनको आवश्यकता भएको छ । अर्थशास्त्रमा उत्पादनको कारक तत्वहरु भन्नाले पूँजी र भूमिलाई लिइएको छ । व्यवस्थापनको अभावमा पूँजी, काम र भ्ुमी वा तत्वहरुको आफै कुनै परिणाम निकाल्दैन । व्यवस्थापन चालक हो यसले सबै पक्षलाई व्यवस्थित ढंगले संचालन गर्दछ । विकसित देशमा व्यवस्थापन विकासका प्रमुख स्रोत हो र विकासशील देशहरुको लागि व्यवस्थापन आवश्यक भएको छ । व्यवस्थापनले समाजमा मानिसको रहनसहनको स्तर, आर्थिक स्तर वृद्धि गर्छ र समाज विकासको गतिलाई बढाउन सैद्धान्तिक अवधारणा राख्दछ ।
    व्यवस्थापनको अर्थ ः – कुनै कामको खास उद्देश्य हुन्छ । कुनैपनि कामको उद्देश्य पूरा गर्न सबै प्रक्रिया मिलाउनु पर्दछ । जस्तै ः माकिस, यन्त्र । कुनै पनि काम पूरा गर्न काम गर्ने तरिका, समय निर्धारण व्यवस्थित गर्नुपर्छ । यसरी सबको व्यवस्था सुव्यवस्थित गर्नु लाई नै व्यवस्थापन भनिन्छ । 
परिभाषाः मानिस तथा साधनहरुको प्रयोगबाट उद्देश्यहरु निर्धारण तथा प्राप्त गर्ने योजना बनाउने, संगठन गर्ने, कार्यान्वयन गर्ने तथा नियन्त्रण समेत गर्ने निश्चित प्रकृया नै व्यवस्थापन हो । व्यवस्थापनको परिभाषा सम्बन्धमा विभिन्न विद्धानहरुको विचार तल दिइएको छ ।
१) न्भबचनभच च्। त्भचचथ को परिभाषामा निम्न कुराहरुमा जोड दिइएको छ ।
क) व्यवस्थापन एक निश्चित प्रक्रिया हो । 
ख) यसभित्र योजना बनाउनु, संगठन गर्नु, कार्यान्वयन गर्नु तथा नियन्त्रण गर्नु पर्दछ ।
ग) मानिस तथा साधनहरुको प्रयोग गरी पूर्व निर्धारित उद्देश्यहरु प्राप्त गर्नका लागि व्यवस्थापन गरिन्छ ।
२) ज्भचचथ एबखब िव्यवस्थापनको अर्थ
पूर्वानुमान ९ँयचभअबकत० गर्नु तथा योजना बनाउनु, संगठित गर्नु, आदेश दिन, समन्वय गर्नु तथा नियन्त्रण गर्नु हो ।
व्यवस्थापन बारे निम्न कुराहरु थाहा पाउनु पर्दछ । 
–    व्यवस्थापन एक प्रकृया हो ।
–    व्यवस्थापन अनिवार्य रुपमा कार्यमुखी हुन्छ ।
–    व्यवस्थापन अरुद्धारा अरुसँग (एक अर्काको) प्रयत्नले काम सफल हुन्छ ।
–    व्यवस्थापन भनेको मानिसहरुको संगठनको विकास गर्नु हो ।
–    व्यवस्थापन सर्वव्यापी छ जहाँ पनि लागू हुन्छ ।
–    व्यवस्थापन व्यवहार हो । यसको सार जान्नु होइन ।
व्यवस्थापनको आवश्यकता
    मानिसहरुको आवश्यकता पूरा गर्न सीमित साधन लाभदायक रुपमा उचित तरिकाबाट उपयोगमा ल्याउन व्यवस्थापनको आवश्यकता पर्दछ । मानिसले जीवन विताउन, बढ्दै गएको तृष्णा अथवा चाहना सन्तुष्टि हुने नहुने भन्ने व्यवस्थापनको कुशलतामा निर्भर रहन्छ । व्यवस्थापन राम्रो भएमा मात्र सम्पूर्ण कार्यको उन्नति हुन्छ । कुनैपनि व्यक्ति, संघसंस्था, कार्यालय, संगठन, उद्योग व्यवसाय र व्यक्तिगत कार्यलाई उच्च पार्नलाई व्यवस्थापन राम्रो हुनुपर्छ र आवश्यक छ । व्यवस्थापन राम्रो भएमा मात्र उन्नति र विकास उच्चतम् हुन जान्छ ।
व्यवस्थापनको अवश्यकता
–    कार्य सम्पादन गर्न
–    कार्य सुदृढ गर्न्
–    उद्देश्य पूरा गर्न
–    संघ संस्था व्यक्ति र सम्पूर्ण तहकालाई सफल पार्न
व्यवस्थापनको उद्देश्य पूरा गर्न आवश्यकहरु
प्रत्येक संगठनका निश्चित उद्देश्यहरु हुन्छन् । आफ्नो उद्देश्यहरु पूरा गर्न तिनका कार्यक्रमहरु हुन्छन् । ति कार्यक्रमहरु पूरा गर्न योजनाहरु बनेका हुन्छन । ति कार्य योजनालाई यथार्थमा रुपान्तर गर्न कुनै पनि संगठनलाई चार कुराको आवश्यकता पर्दछ ।
१) मानव संसाधन
२) भौतिक स्रोत 
३) आर्थिक स्रोत
४) सूचना र संचार स्रोत
माथि उल्लेखित अधिकतम परिचालनलाई नै व्यवस्थापन भनिन्छ ।
कम्युनिष्ट पार्टीको व्यवस्थापन
–    सामाजिक व्यवस्थापन
–    व्यवसायिक संघसंस्था व्यवस्थापन
–    राजनीतिक र सामाजिक संघसंस्था व्यवस्थापन
–    मानव संशाधन व्यवस्थापन
–    भौतिक स्रोत व्यवस्थापन
–    अािर्थक स्रोत व्यवस्थापन
–    सूचना स्रोत व्यवस्थापन
सांगठानिक व्यवस्थापन
–    संस्थागत संरचना
–    जनवादी केन्द्रियता
–    सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारी
आर्थिक व्यवस्थापन
–    बजेट तर्जुमा (सदस्यता शुल्क, लेवी,)
–    आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन
–    आर्थिक नीति र नियमावलीहरुको तर्जुमा
–    आर्थिक अनुशासनको अनुगमन

कार्यलय व्यवस्थापन
जनसम्पर्क व्यव्स्थापन
बैठक र रेकर्ड व्यवस्थापन
लेखा व्यवस्थापन
सूचना स्रोत÷प्रकाशन व्यवस्थापन
आर्थिक व्यवस्थापन किन आवश्यकता

कुनैपनि संघसंसथा संगठन विस्तार स्थायित्व राख्नको लागि आर्थिक व्यवस्थापन आवश्यकता     पर्दछ । आर्थिक संचय विना संगठन वा संस्था चलाउन सकिँदैन ।
–    कुनैपनि संस्थाको आफ्नै किसिमको संगठन हुन्छन् । संगठनलाई सुदृढ र विस्तार र स्थायित्व कायम राख्न आर्थिक व्यवस्थापन गर्न जरुरी छ । त्यसको प्रचार प्रसार गर्न व्यवस्थित गर्न विस्तार गर्न आर्थिक परिचालन गर्नुपर्ने छ । आर्थिक विना कार्य अगाडि बढाउन सकिँदैन ।
–    कार्यालय संचालन गर्न आर्थिक आवश्यकता पर्दछ । आर्थिक विना कार्यालयहरुले संगठनलाई परिचालन गर्न सकिँदैन । संगठनलाई स्थायित्व दिन आर्थिक व्यवस्थापनको आवश्यकता पर्दछ ।
–    नगद मौज्दातलाई सुरक्षित राख्न गर्न आर्थिक व्यवस्थापन आवश्यक पर्दछ । आर्थिक पारदर्शिताको लागि आर्थिक व्यवस्थापन आवश्यक पर्दछ । आर्थिक व्यवस्थापन राम्रो भएन भने अनेकौं शंका उपशंकाहरु हुन सक्छन् ।
–    कार्यकर्ताको सुरक्षा गर्न, संगठनकर्ता संचालन गर्न, संगठनकर्ताको सुरक्षित गर्न वा नियन्त्रण गर्न आर्थिक व्यवस्थापन आवश्यक पर्दछ ।
–    अभिलेखबद्ध गर्न आर्थिक कारोबारको हिसाब जानकारी राख्न निमित्त लेखा राखेर र लेखा परिक्षण गरेर गराएर आर्थिक व्यवस्थापन गर्नुपर्छ ।
–    कुनैपनि खर्च गर्ने क्रियालाई, आर्थिक कारोबार प्रक्रियालाई बजेट मार्फत गर्नु पर्दछ । बजेट बनाएका शिर्षकहरुमा छुट्याएको बजेट अनुसार खर्च गर्नु पर्ने हुन्छ । यसरी बजेट बनाउँदा कुन शिर्षक अथवा कहाँ कसरी के मा भन्ने प्रष्ट हुन्छ । यसले आर्थिक कारोबारलाई अनावश्यक ठाउँमा खर्च हुँदैन र आर्थिक नियन्त्रण हुन्छ ।
राज्यको उत्पत्ति विकास भएको समयदेखि नै आर्थिक व्यवस्थापन हुँदै आएको छ । आर्थिक कारोबारबारे आर्थिक व्इवस्थापन बारेमा केहि दार्शनिक व्यक्तिहरुको भनाई यहाँ उल्लेख गरिएको छ ।
माक्र्स ः सारै सानो किसिमको उत्पादन प्रणाली हुन्छ भने लेखा प्रणाली आवश्यक छैन । यस्तोमा लेखा राख्नु भनेको समय खेर फाल्नु हुन्छ । धेरै उत्पादन प्रणाली कृषिबाट औद्योगिक विकास भई पूँजीवादी आर्थिक प्रणाली भएको अवस्थाबाट सामुहिक प्रणालीको विकास भएको अवस्थामा लेखा राख्नु आवश्यक छ ।
लेनिनः यो बुर्जुवा समाजमा हरेक सरकार प्रति जनतामा अविश्वास छ । त्यो अविश्वास भएको कारणले गर्दा हामी कम्युनिष्टहरुले राम्रो लेखा प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । लेखा प्रणालीलाई व्यवस्थि तगर्न सकिएन भने हाम्रो सरकार टिक्न टिकाउन सकिँदैन । लेखा प्रणाली व्यवस्थित नभएमा व्यक्ति धनी बन्न जान्छ । लेखा प्रणाली व्यवस्थित नभएको कारण नै सोभियत सेना पतन भयो । लेखा प्रणालीलाई व्यवस्थित गरेमा जनताबाट विश्वासिलो बन्न सकिन्छ । लेखा पारदर्शि राख्नुपर्छ । लेखा पारदर्शी भएमा मात्र संगठन पारदर्शी बन्न सक्छ ।
स्टालिन ः हाम्रा संघसंस्था कलकारखानाहरुको लेखा प्रणाली व्यवस्थित हुनुपर्छ । सरकार सँग आधारित नभई उत्पादन वृद्धि गर्नुपर्छ । कुनै संघसंस्थाले लेखा राख्ने गरेको छैन । आर्थिक व्यवस्थापनले अनुत्पादक खर्च कटौती गरी उत्पादनमुलक कार्यमा खर्च गर्ने गरी व्यवस्थापन गर्नुपर्छ ।
    माओ ः आर्थिक व्यवस्थापन भनेको कम्युनिष्टहरुको लागि दोस्रो महत्वपूर्ण कार्य हो । क्रान्ति पछि     आर्थिक व्यवस्थापन दोश्रो भूमिका हो । लेवी सहयोग पैसा उठाउँदा एकै ठाउँबाट वा जनतालाई मर्का पर्ने गरी उठाउनु हुँदैन । पैसा उठाउने कार्य माथिल्लो निकायबाट हुनुपर्छ । जनतामा गई आर्थिक संकलन गरेको आर्थिक व्यवस्थापन राम्रो हुनुपर्छ । आर्थिक खर्च मितव्ययीता अपनाउनुपर्छ । कम खर्च गर्नुपर्ने हुन्छ । कम्युनिष्ट पार्टी कर्मचारी तन्त्रमा आधारित भएर आर्थिक व्यवस्थापन गर्नु हुदैन । 
क. पुष्पलाल ः साथीहरुले जहिले पनि आर्थिक कामलाई भालुको कञ्चत भनिन्छ जो ठिक होइन । जनतामा आधारित भएर आर्थिक प्रणाली लागु हुनुपर्छ । अन्यथा पार्टी राजाशाही धनाध्यमा आधारित बन्न जानेछ । पार्टि जनतामा आधारित हुनुपर्छ । भएर अगाडि बढ्नुपर्छ । धनाध्य व्यक्तिमा आधारित हुन गएमा पार्टी धरायसी हुन जान्छ । जनताको परिश्रमबाट बनेको पार्टी टिकाऊ हुन्छ । आर्थिक संकलन सर्वसाधारणबाट संकलन गरेर आर्थिक व्यवस्थापन गर्नुपर्छ । यस कार्यले राजनैतिक कार्यलाई पनि जनताको बिचमा लान सकिन्छ ।

राजनीति र पार्टी
राजनीति के हो ?

    राज्यको शासन संचालन गर्न तयार भएको नीति तथा सिद्धान्तलाई राजनीति भनिन्छ । राजनीति सिद्धान्त र दर्शनद्धारा निर्देशित गरिन्छ । विश्वमा राज्यको शासन व्यवस्था यस्तै राज्िित सिद्धान्त र दर्शन अनुसार गतिविधिहरु संचालन भएकोले भैरहेको हुन्छ । यस्तो राजनीति सिद्धान्त अनुसार भएकोले विश्वका राज्यहरुमा ध्रुवीकरण भएको हुन्छ । विश्वमा यस्ता सिद्धान्त अनुरुप चलेका राज्यहरुमा दुई भिन्नाभिन्नै राजनैतिक सिद्धान्त र दर्शनमा संचालन भैरहेको हुन्छ ।
१) समाजवादी
२) पूँजीवादी
विश्वमा राज्यहरु यसरी सिद्धान्तहरुमा चल्ने राज्य चल्ने भएकोले त्यसैअनुरुपका संगठनहरु निर्माण हुन्छन् । राज्य शासन व्यवस्था यसै संगठनको सिद्धान्त अनुरुपका राज्य शासन व्यवस्था यसै संगठनका सिद्धान्त अनुसार संचालन हुने गर्दछन् । राजनैतिक संगठनहरु यसै सिद्धान्तलाई अँगाली आफ्नो राजनैतिक कृयाकलापहरुलाई अगाडि बढाउँछन् । कम्युनिष्टले कम्युनिष्ट पार्टी तथा राज्यका समाजवादी सिद्धान्तलाई अँगालेका हुन्छन् । अन्य पूँजीवादीले पूँजीवादी राज्य र पार्टीले पूँजीवादी सिद्धान्त अँगालेका हुन्छन् ।
राजनीति पार्टी के हो ?
    राजनीतिक एवं सामाजिक लक्ष्य प्राप्तिका लागि विभिन्न जनसमुदाय संलग्न गरि कृयाशील रहने संगठित शक्तिलाइृ राजनीतिक पार्टी भनिन्छ । यस्ता संगठित राजनीतिक पार्टीले जनतालाई राजनीतिमा सक्रिय कृयाशील गराइ जनतालाई संगठित गर्न र सामाजिक काममा सक्रिय रहन जागरुक बनाउन, सक्रिय रहन्छन् । राजनीतिक पार्टीले नै आफ्नो पार्टीको लक्ष्य प्राप्त गर्न जनतालाई प्रभावित पार्ने कोसिस गर्छन् र प्रभावित जनतालाई आफ्नो पार्टीमा संगठित बनाउँछ ।
कम्युनिजम(साम्यवाद भनेको के हो ?)
कम्युनिजम (साम्यवाद) शोषित, पीडित जनताको मुक्तिको एक मात्र सिद्धान्त हो । यो सिद्धान्त विश्वमा सबैभन्दा श्रेष्ठ राजनीतिक सिद्धान्त सावित भएको छ । यो सिद्धान्तमा मानिस माथि मानिसको शोषण हुँदैन । यस सिद्धान्तमा वर्ग विहिन हुन्छ । सबै मानिस समान हुन्छन् । साम्यवादको मूल उद्देश्य समाजलाई वर्ग वर्ग विहीन समृद्ध, समुन्नत र सभ्य बनाउनु रहेको छ । 
सन् १८४७ मा साम्यवादी सिद्धान्तको प्रतिपादक महान् दार्शनिक कार्लमाक्र्स र उहाँको घनिष्ट मित्र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट घोषणा पत्र सार्वजकि भएपछि साम्यवाद र माक्र्सवादको विश्वव्यापी प्रभाव सुरु भएको थियो । सन् १९१७ मा रुसमा भ्लादमिर इलिय लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भएको थियो । चीनमा माओत्सेतुङ्ग को नेतृत्व नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो ।
कम्युनिष्ट (साम्यवादी)
    शोषित पीडित जनताको लागि लड्ने भने त्यसको स्वतन्त्रताको लागि निश्वार्थ भावनाले तल्लीन हुने क्रान्तिमा लाग्ने व्यक्तिलाई नै कम्युनिष्ट भनिन्छ । कम्युनिष्ट हुनु भनेको सबभन्दा असल, सभ्य, लडाकु, जनताको लागि लड्ने मर्न तयार हुने व्यक्ति हुनु हो । आफ्नो स्वार्थलाई त्यागी शोषित, पीडित, श्रमजीवी जनताको मुक्तिको लागि जस्तोसुकै त्याग र बलिदान गर्न पछाडि नपर्नु कम्युनिष्टको विशेषता हो । कम्युनिष्ट अनुशासित हुन्छन् । अनुशासन हीन व्यक्ति कम्युनिष्ट बन्न सक्दैन ।
कम्युनिष्टहरु कस्तो हुन्छन् ?
    कम्युनिष्ट अन्धविश्वासबाट मुक्त भै वैज्ञानिक दृष्टिकोणबाट सुसज्जित हुन्छन् । कम्युनिष्टहरुको वास्तविक मित्र र सहयात्री नै शोषित पीडित श्रमजीवी जनता नै हुन् । श्रम र श्रमजीवी जनतालाई आदर गर्नु उनीहरुको सुख दुःखमा समर्पित रहन कम्युनिष्टहरुको धर्म हो । कम्युनिष्ट निडर, लडाकु र शत्रुका अगाडि स्वाभिमानी भै लड्ने र कहिल्यै नझुक्ने हुन्छन् । कम्युनिष्ट अन्तिम समयसम्म पनि निराश हुँदैनन् । निरन्तर संघर्ष, त्याग र लडाकु भै रहनु नै कम्युनिष्टहरुको जीवन हुन्छ ।
    कम्युनिष्ट अध्ययनशील र गम्भीर हुन्छन् । कम्युनिष्टहरु हरेक विषयमा गम्भीर भएर सोच्ने अध्ययन गर्ने गर्छन् । कुनैपनि विषयमा गहिराईमा पनि अध्ययन गर्ने, स्वच्छ, निष्कलंक निश्वार्थी व्यक्ति मात्र कम्युनिष्ट हुन्छन् । भ्रष्ट, स्वार्थी, घुस्याहा समाजप्रति आस्था नभएको अरुको अपमान गर्ने, आदर सम्मान नगर्ने व्यक्ति कम्युनिष्ट बन्नै सक्दैन ।
(लेखक नेकपा एमाले जिल्ला कमिटीका पूर्व सल्लाहकार समिति अध्यक्ष, पूर्व कार्यालय सचिव, पूर्व बाग्मती अञ्चल सल्लाहकार हुनुहुन्छ ।)