2026 August 16/ 05:10: 24am

– भुपेन्द्र थापा (माधव)
लोकतन्त्र र निर्वाचन एक अर्काका परिपुरक हुन । तर सफल लोकतन्त्रका लागि लोकतान्त्रिक मूल्यमान्यता सहित विधि पद्दतिमा आम सरोकारवाला सबैको संस्कार पनि लोकतान्त्रिक हुनु अपरिहार्य छ । मुख्यतः लोकतान्त्रिक व्यवस्थामा नागरिकको मताधिकारको वास्तविक सम्मान र आवधिक निर्वाचनको सुनिश्चितता स्थापित भएमात्र लोकतन्त्र र निर्वाचनको सार्थकता मजबुत हुन्छ । लोकतान्त्रिक शासन प्रणालीका लागि नेपाली जनताले इतिहासका विभिन्न कालखण्डहरुमा कठिन भन्दा कठिन संघर्षहरु गरेका इतिहासहरु नेपाली समाजमा प्रष्टै छ । २००७ सालको क्रान्तिदेखि १० वर्षे जनयुद्ध हुँदै २०६२÷६३ सालको जनआन्दोलन–२ को सफलतासम्म आईपुग्दा आफ्नो संविधान आपैm निर्माण गर्ने आम जनचाहना परिपूर्तिका लागि २०६४ सालमा संविधान सभाको निर्वाचन पनि सफलतापूर्वक रुपमा सम्पन्न भयो । तर विडम्वना पहिलो संविधान सभाले संविधान जारी गर्न नसकी आफ्नो कार्यकाल पूरा ग¥यो । पुनः २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनबाट गठित संविधान सभाले २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । नयाँ संविधान जारीसँगै मुलुक नयाँ राजनीतिक आर्थिक र सामाजिक व्यवस्थामा प्रवेश ग¥यो भन्ने आम जनतामा पर्न गयो । जसले मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र सहित धर्मनिरपेक्षता, समानुपातिक समावेशीताको राज्यव्यवस्थामा प्रवेश ग¥यो भन्ने आम जनतामा पर्न गयो । जसले मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र सहित धर्मनिरपेक्षता, समानुपातिक, समावेशीताको राज्यव्यवस्थामा प्रवेश ग¥यो । जसले गर्दा देश बहुजाति बहुभाषिक र बुहसांस्कृतिक राष्ट्रर्काे रुपमा परिभाषित हुनपुग्यो । साँचो अर्थमा भन्ने हो भने नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको महसुस भयो । नेपाली जनताले गरेका २००७ साल देखि २०६२–०६३ सम्मका संघर्षका गौरवपूर्ण इतिहासले सार्थकता प्राप्त ग¥यो भन्ने लाग्न थाल्यो । २०१५ सालदेखि २०४८ साल, २०५१ साल, २०५६ साल, २०६४ साल, २०७० साल र २०७४ साल सम्मको निर्वाचनसम्म आइपुग्दा ६ दशक चुनावी इतिहासबाट राष्ट्र र जनताको अवस्थामा कति परिवर्तन भयो ? त्यो आमजनता सामु दिनको घाम भैm छर्लङ्गै छ । नेताको अवस्था हिजो २०४६ सालभन्दा अगाडी के थियो ? र आज तिनको आर्थिक अवस्था के छ ? यी र यस्ता अनगिन्ती प्रश्नको जवाफ हाम्रा सामु जताततै प्रष्ट रुपमा देखिन्छन् । तीन दशक भन्दा लामो दलिय राजनीतिले जनतालाई दिएको उपहार भनेको महंगी, कालोबजारी, घुसखोरी, बेरोजगारी, असुरक्षा, वेथिती, सवै निकायमा विचौलियाको दवदवा राज्यका सबै निकायहरुमा व्यापारीकरण शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशील संस्यामा माफियाकरण सेवामुलक निकायहरुमा भ्रष्टव्यापारिकरणले मुलुक आक्रान्त हुँदा नेतृत्वको निहित स्वार्थ व्यक्तिगत लाभ र शक्ति आर्जनका लागि राजनीतिमा निरन्तर चलिरहेको रस्साकस्सीले समाजमा राजनीतिको अर्थ नै गलत लाग्ने अवस्था निर्माण भइरहेको छ । यहि गलत अभ्यासका बाछिटा समग्र प्रणालीमा देखा परेका छन् । देश वेथिती र भ्रष्टाचारले जकडिएको महसुस हुन्छ । यो बेथिति निम्तिनुमा हाम्रो पनि त्यति नै दोष छ । कमजोरी नगर्ने असल नागरिक भेटिन कठिन छ । हामी आश्वासनका आधारमा सपनाका महलहरु खडा गर्छाैं । नेता र पार्टीलाई त्यसकै आधारमा भोट हाल्छौं । आश्वासनलाई यथार्थतामा खोज्दैनौ । एकपछि अर्को चुनावमा नयाँनयाँ गुलिया आश्वासनका पछिपछि दर्गुछौं । देशको नीतिगत र संरचनागत व्यवस्था परिवर्तन गर्न योगदान गर्ने सही राजनीतिक सिद्धान्तको पक्षपोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डनगुण्डा अघिपछि लगाएर हिड्नेहरुलाई आफ्नो विधाता मान्छौं । पहिलो त हामी बदलिन जरुरी छ । एउटा जनताले नै जमिनबाट उठाएको सामान्य हैसियत भएको नेता शक्तिमा पुग्ना साथ करौडौं सम्पत्तीको मालिक भएको देख्दादेख्दै उसको सम्पत्तिका श्रोत के हो भनेर खोजीनीति गर्दैनौ । उल्टै आलोचनात्मक चेतलाइ लुकाएर चाप्लुसी चेत प्रदर्शन गर्ने गर्दछौं । फेरिपनि आगामी २०७९ मंसिर ४ मा निर्वाचन हुँदैछ । हाम्रा सचेत आँखाहरुमा अचेत कसिंगर छर्केर उहिपात्र, उहि प्रवृति र उहि परिणाम हत्याउन नया नयाँ आश्वासनका पोका पन्यरा बोकेर नयाँ पुराना राजनीतिक अघोरीहरु प्रवेश गर्न सक्दछन् । लोकतन्त्रमा निर्वाचन मात्र मुख्य हुन सक्दैन । हिजोका समिक्षा गर्ने र सो को आधारमा अर्थातः ५ वर्ष जनतालाई लगाएका गुणको आधारमा पुरस्कृत गर्ने र दोषको आधारमा दण्डदिने राजनीतिक प्रणाली र पार्टीहरुको सुधारात्मक विधि सहितको समीक्षात्मक प्रक्रिया पनि हो । नेपालका संसदीय निर्वाचन २०४८ सालदेखि यता आजसम्म आइपुग्दा हाम्रो राजनीतिक संस्कार र व्यवहारलाई निहालेर हेर्दा हाम्रा राजनीतिक नेतृत्वहरु संवैधानिक राजनीतिक व्यवस्था संचालन र सार्वजनिक जीवनको सदाचारीतामा पूर्ण असफल भएको मानिन्छ । विशेषतः संविधानको उलङ्घन गर्ने राजनीतिक अस्थिरता निम्ताही राख्ने, लेनदेनको अप्राकृतिक फोहर÷जालो बुनि रहने व्यवहारका कारण आज राजनीतिक पार्टीका नेतृत्वहरु औचित्य र उपयोगिता विहिन बदनाम, पत्रु पात्र भैmभएका छन् । तसर्थ २०४८ सालद्ेखि निर्वाचनमा एकलौटी कब्जा जमाएका अनुहारहरु सवै यसपटक एकमुष्ट पाखा लाग्ने सम्भावनाहरु बढेर गएको देखिन्छ । २०६४ साल र त्यो भन्दा अगाडीदेखि पटक–पटकमन्त्री वा प्रधानमन्त्री भएर राज्यको दोहन गर्न पल्केका मुलुकलाई सधैं असफलताको बाटोमा अल्मलाई राख्ने अनैतिक र अनियमितताको भ्रष्टाचारी भारी बोकेकाहरुलाई आम मतदाताले आउँदो निर्वाचनमा पाखा लगाउन कम्मर कसेर लाग्नु पर्दछ । २०४६ सालदेखि यता परिवर्तन पक्षधर नेपाली जनताले दिएको अपार सद्भाव सहितको विश्वास र राजनीतिक सदाचारितालाई राजनीतिक नेतृत्वले आत्मसाथ गर्न नसक्दा लामो राजनीतिक विरासत बोकेका जेल, नेल, यातना भोगेका नेतृत्व आज सिमित साँधुरो घेराभित्र चलखेलको राजनीतिमा खुम्चिन बाध्य भएको छ । आपैmप्रति विश्वासका पर्खालहरु उठ्दा झस्कीन थालेका छन् । आपैmले निर्माण गरेको संविधानको अभ्यास गर्न बाघको काँधमा चढेर हिडेको महसुस हुन थालेको छ । चुनावप्रति शंका र जनता प्रति अविश्वासको त्रासले शीर्ष नेताका पगडीहरु अतालिएर जमिन पछारिएका छन् । आगामी चुनावी माहोलले सिंगो नेपालको राजनीति तरंगित बनिरहेको छ । आज जताततै विभिन्न कोणबाट चुनाव केन्द्रित आम बहसहरु भइरहेका छन् । यी बहसहरुमा परम्परागत पार्टीका शीर्षश्र्य नेताहरुलाई हराउने र चुनावी गठबन्धन मिलेर जित्ने र बाढेर खाने अपवित्र “काले काले मिलेर खाउँभाले” उखानसँग मिलेको भन्ने विषयले सबैखाले बहसका चिया चौतारीहरु ओगटेको पाइन्छ । अर्कोतर्पm नेपालमा वैकल्पिक राजनीतिको विकास कछुवाको गति भैm देखिन्छ । खासै वैकल्पिक शक्ति निर्माणमा उत्साहजनक परिणाम देखा परेको पाइदैन । छिमेकी मुलुक भारतमा आम आदमी पार्टीको उदय र उसको सफलता हेर्र्दै गर्दा नेपालका स्वघोषित वैकल्पिक राजनीतिक संस्कार र राजनीति गर्नेहरुको वैचारिक आक्रमणियतासँगै अधिकांश पात्रका प्रवृत्ति र व्यवहार परम्परागत पार्टीहरुको भन्दाकम संकुचित देखिन्न । बाबुराम भट्टराई र रविन्द्र मिश्रको राजनीतिले पनि वैकल्पिक राजनीतिको आधारभूत लिक समेत पक्रन नसकेको यथार्थ नेपाली राजनीतिक रंगमञ्चमा प्रष्टै छ । नयाँ शक्ति निर्माणमा जुटेका रवि लामिछानेले नेतृत्व गरेको पार्टीको मूल्यांकन आम मतदाताले आउँदो निर्वाचनमा गर्ने नै छन् । त्यसभन्दा अगाडी उसको मूल्यांकन गर्न हतार मात्र हुनेछ । पुराना योगदान गरेर आएका पार्टी र त्यसका नेतृत्वहरुले अस्तित्वको दावी मात्र गर्ने तर हदैसम्म जवाफदेही विहिनताको सुन्यतामा रुमलिएकै कारण नयाँ पार्टीहरु जन्मनुको विकल्प नरहेको मान्न सकिन्छ । साथै यो जनताको लागि विकल्प रोज्ने सुन्दर सुखद पक्ष पनि हो । यसलाई लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य पनि मान्ने गरिन्छ । वैकल्पिक पार्टी निर्माणको उभार र स्वतन्त्र युवाहरुको राजनीतिमा बढेको चासोले नेपालको उज्यालो भविष्यको संकेतका रुपमा यसलाई हेर्न सकिन्छ । सक्षम, कुशल र इमान्दार व्यक्तिहरुको राजनीतिक हस्तक्षेपले मात्र नेपालका राजनीतिक पार्टी र त्यसका नेतृत्वलाई सहीबाटोमा डो¥याउने सम्भावनाहरु बढेर जाने निश्चित छ । कांग्रेस, एमाले र माओवादी पार्टीमा सक्षम, अध्ययनशील, नैतिक र जिम्मेवार नेता कार्यकर्ता नभएका भने पक्कै होइन त्यसता व्यक्तिलाई अगाडी बढ्न रोक लगाउने विषयमा मुख्य नेतृत्वनै दोषी देखिन्छन् । पार्टी भित्र नेताको वरिपरि परिक्रमा गरिरहने गणेश प्रवृत्ति हावी हुँदा इमान्दार सुमेरु पर्वत परिक्रमा गर्ने कुमारहरुको राजनीतिक भविष्य छायाँमा पर्न गएको छ । यसले मुलुकको भविष्य र जनताको समृद्धिको बाटोमा फलामे काडेबार लगाएको अनुभूति हुन्छ । यो काडेवार पन्छाएर अगाडी बढ्न हिम्मत इमान्दार युवा नेतृत्वले गर्न सक्नुपर्दछ । केहि नेताहरुको स्वार्थ निहितको कब्जाबाट मुक्त हुने र तीनको दासत्वको जन्जीर तोड्ने साहस गर्ने नेता हुन सक्नुपर्दछ । विचार सिद्धान्त र आदर्शको जगमा उभिन नसक्ने पद, पैसा र पावरको दुब्र्यसनीमा फसेका अयोग्य नेताहरुलाई असल कार्यकर्ताहरुले काँधबाट नबिसाए कुशासन र भ्रष्टाचारको चक्रव्यूमा फसी रहनु पर्नेछ । जनताको टाउकोमा ऋणको भारी बोकाएर खान पल्केका नेता र सर्पलाई दूध खुवाएर आम जनताविचको छिनोफानो आउँदो निर्वाचनले गर्न सक्नुपर्दछ । अनियन्त्रित रुपमा आजित भएका मौलाउदै गएको केन्द्रिकृत एवं संस्थागत भ्रष्टाचारमा पार्टीका शिर्षस्थ नेताहरु दोषी देखिन्छन् । मुख्यतः पार्टीभित्रको गुटको रक्षा र आर्थिक संकलनका आधारलाई मजबुद बनाउन गणेश प्रवृत्तिका विश्वासिलो आफ्ना मान्छेहरुलाई पदीय जिम्मेवारी दिने र उसको माध्यमबाट भ्रष्ट व्यापारी र ठूला ठेकेदारसँगको मितेमत्तोमा राज्यका विभिन्न निकाय मार्पmत राष्ट्रिय सम्पत्तिको दोहन गर्ने नीतिगत रुपमै भ्रष्टाचार गर्ने अपराधिक गिरोहको नेतृत्व शीर्ष नेताहरुको निर्देशनमा भएको देखिन्छ । 
यस्ता अपराधको ढाकछोप गर्न पनि जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता नै निर्वाचनमा देखा परेका मुख्य विकृति हो । जसले नयाँनयाँ विकृतिलाई भित्राउन निमन्त्रणा दिने गर्दछ । साम, दाम, दण्ड, भेदका अस्त्र प्रयोग गर्ने निर्वाचनको सुन्य समयमा आएर झोलाका झोला पैसाका विटा बोकेर घरघरमा धाउने निर्वाचन भन्दा अघि व्यवस्थामा परेकाहरुलाई चुनावको मुखैमा आएर तत्काल प्रभाव पर्ने गरी राहत वितरण गर्ने लगाएत विभिन्न लोभ र प्रलोभनमा पारी मतदाताको मनोविज्ञान माथि अंकुस लगाउने अपराधिक क्रियाकलाप हुने गर्दछन् । यस्तो लोभलालचबाट आम मतदाता जोगिन सक्नु पर्दछ । नत्र आफ्नो स्वतन्त्रता माथि आपैmले दासत्वको अनुमोदन गरेको ठहरीने छ । बुढो गोरुले हलो मात्र ओगट्ने जोत्न पनि नसक्ने छोड्दा पनि नछोड्ने बुढो गोरुको काँधबाट हलो जुवा खोसेर विकास र समृद्धिको उर्भर भूमिमा समाजवादी फल फलाउने कर्मठ देशभक्त युवा नेतृत्व चुन्न आम मतदाता सक्षम र सफल हुन सक्नुपर्छ । पुँजीवादको घोडा चढेर समाजवादको स्वर्ग जाने सपना बाँढ्ने र आफ्नो नीजि स्वार्थ साकार पार्ने नेताको योजना आउँदो निर्वाचनमा धोस्त पार्न सक्नुपर्दछ । परम्परागत राजनीतिक पार्टीले गरेका विकृत फोहर सफा पार्न मुलुकले नयाँ नेतृत्वको आवश्यक महसुस गरेको छ । जहाँ मतदाताहरु विवेकशिल हुन्छन् । त्यहाँ लोकतान्त्रिक मुल्यमान्यता बाँचेको हुन्छ । जनता समृद्धिको बाटोमा लम्किरहेका हुन्छन् तर जहाँ मतदाताहरु अचेत हुन्छन् त्यहाँ लोकतन्त्र पनि जीवित रहदैन । आज हाम्रो समाज यस्तै सामाजिक चेतनाको परिवेशबाट गुज्रिरहेको छ । अयोग्यलाई विधाता र योग्य व्यक्तिलाई अविश्वास गर्ने हाम्रो व्यवहार बदलन जरुरी छ । तसर्थ निर्वाचनद्वारा नेताहरुको अनुहार फेर्नु मुलुकमा सुशासन कायम गर्न, राज्यका सम्पूर्ण संयन्त्रहरुलाई भ्रष्ट एवं राजनीतिक विचौलियाको हिरासतबाट मुक्त गरी विधि र पद्धतिको मार्गदर्शनमा राजनीतिक, सामाजिक र आर्थिक प्रगतिको पथमार्गमा हिडाउन नयाँपात्र र प्रवृत्तिलाई संस्थागत रुपमा स्थापित गर्ने अवसर निर्माण गर्न सक्नुपर्दछ । हाम्रो भाग्य र राष्ट्रको भविष्यको साँचो हाम्रै हातमा छ ।