2026 May 16/ 05:11: 54pm

    धुलिखेल/भुमि ब्यबस्थापन प्रशिक्षण केन्द्रको ५१ औ वार्षिक उत्सब तथा स्मारक उद्घाटन एवं जनरल अफ नामक स्मारीकाको विमोचन भुमि ब्यबस्था सहकारी तथा गरिबि निवारण मन्त्री पदमा अर्यालले गरेकी थिईन् । 
    कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समय सापेक्ष जनशक्ति उत्पादन बढाउन र केन्द्रबाट उतिर्ण भएका जनशक्तिहरुलाई राष्ट्रनिमार्णमा लगाउनु पर्ने बताईन् । परम्परागत भन्दा अहिलेको टेक्नोलोजी अनुसार भुमिको नाप गर्नु पर्ने बताएकी थिईन् । पठ्यक्रममा नै भुमिसुधार सम्बन्धी समय सापेक्षको कोर्ष राखी विद्यार्थीहरुलाई प्रशिक्षण र तालिम प्रदान गर्नु पर्ने समेत मन्त्री अर्यालले कार्यक्रममा बताईन् । कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उप कुलपति डा. रामकण्ठ माककजुले भूमि प्रशिक्षण केन्द्र र काठमाडौ विश्वविद्यालयको सहकार्यमा डिप्लोमाका कोर्षहरु सञ्चालन गर्दै आएकोमा थप विषयहरु समेत सञ्चालन गरिने बताए । भुमि प्रशिक्षण केन्द्रले विगतमा भन्दा समय अनुसार सुधार गर्दै लगेको र अझै परिमार्जन गर्नु पर्ने बताए । कार्यक्रममा भुमिसुधार मन्त्रालयका सचिब गोजीनाथ मैनाली, जल तर्था उर्जा मन्त्रालयका सचिब मधुसुधन अधिकारी लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा भुमि ब्यबस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेश प्रसाद भट्टले वार्षिक गतिबिधिका पेश गरेका थिए । यस प्रशिक्षण केन्द्रमा नापिका लागी आवश्यक जनशक्ति उत्पादन, नापिमा काम गर्ने कर्मचारीहरुको क्षमता विकास, मालपोत कार्यालयका कर्मचारीहरुको क्षमता विकासका लागी कार्य गर्दै आईरहेको वताएका थिए । त्यसै गरी प्रशिक्षण केन्द्रमा हाल २ सय जनाले विद्यार्थीहरुलाई प्रशिक्षण दिईरहेको, काठमाडौ विश्वविद्यालय र सिटिईभिटिई सगं सहकार्य गरी डिप्लोमा र ब्याचलर अफ ईन्जिनियरिङ्गका कक्षाहरु सञ्चालन गरिरहेको, किताबमा भुमिको ज्ञान दिने पहिलो स्मारक, स्थापना गरिएको जर्नरल अफ स्मारिका प्रकाशित गरिएको, कर्मचारीहरुको मनोबल बढाउन लागी कर्मचारीहरुलाई पुरस्कृत गरिएको, डिप्लोमा पहिलो ब्याचका उतिर्ण बिद्यार्थीहरुालई विदाई गरिएको लगाएत ५१ वर्षे ईतिहासका बारेमा भट्टले बताएका थिए । कार्यक्रममा भुमिको ज्ञान दिने स्मारकको डिजाईन भुमि  ब्यबस्थापन प्रशिक्षण केन्द्रका निर्देशक डा.प्रदिप उपाध्यायले गरेका थिए ।