2026 November 20/ 02:37: 42am

            शंखुपाटीचौर/धुलिखेल नगरपालिका वडा नम्बर १२ को आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगती समिक्षा वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको अध्यक्षतामा तथा धुलिखेल नगरपालिकाका का.वा प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
          कार्यक्रममा वडा अध्यक्षले वडाले गरेका विकास निर्माण, सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वडाले प्रकाशन गरेको अभिलेखमा शंखुपाटीचौर नामक स्मारिका विमोचन गरिएको थियो । स्मारिकामा वडाको समग्र विषय बस्तु समेटी उक्त स्मारिका प्रकाशन गरिएको वडा अध्यक्ष लामिछानेले बताए । वडामा ९२ प्रतिशत विकासका कामहरु सम्पन्न भएको, शिक्षा, स्वास्थ्य, खेलकुद, महिला, वालबालिका लक्षित कार्यक्रमहरु गरिएको, कृषकहरुलाई विउ, कृषि औजार वितरण गरिएको, धर्म र संस्कृतिको संरक्षण गर्दै आएको लामिछानेले बताए । कार्यक्रमका प्रमुख अतिथी का.वा प्रमुख निराजन जंगमले नगरपालिकाले भुगोल र जनसंख्या आधारमा सुत्र मार्फत बजेट वितरण गरिएको बताए । वडागत हेरी प्रमुख समस्यालाई मध्यनजर गरी बजेट बिनियोजन गरिएको जंगमले बताए । 
          कार्यक्रममा वडा सचिब सुनिता शर्माले वडामा नागरीकहरुलाई प्रविधि मैत्री सेवा सहित सहज रुपमा सेवा प्रदान गरिएको बताईन । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख अन्जु अधिकारी, नमोबुद्ध माविका प्रिन्सिपल सुर्बण श्रेष्ठ, समाजसेवी अनन्त सत्याल, रुद्रहरी सापकोटा, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, वडावासीहरु, लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य कार्यपालिका सदस्य कमला काफ्लेले राखेकी थिईन् ।