2026 August 23/ 11:02: 31am

    बनेपा/बनेपा नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्र भित्रका दलित युवा लक्षित कार्यक्रम अन्र्तगत  ४५ दिने हलुका सवारी चालक तालिम शुरु गरिएको छ । 
    तालिमको नगर प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बीच गरेका छन् । तालिमको उद्घाटन गर्दे नगर प्रमुख वादेले नगरमा दलित आदिबासी, पिछडिएका वर्ग, युवा, किसान, महिला लगाएतलाई सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउन नगरपालिका लागी परेको बताए । नगरको लक्ष्य नै बेरोजगार युवालाई रोजगार मुलक तालिम प्रदान गरी रोजगार प्रदन गर्नु, कृषकहरुलाई कृषि तालिम प्रदान गरी विउ वितरण प्रदान गर्ने, पशु शिबिर आयोजना सञ्चालन गर्ने लगायत रहेको नगर प्रमुख बादेले बताए  
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले सिप सिकीसके पछि प्रयोगमा ल्याई सक्षम हुनु पर्ने बताए । कार्यक्रममा नगरपालिका सदस्य तेज नेपाली लगाएतको उपस्थिीती रहेको थियो ।  तालिममा १८ जना दलित समुदायका ब्यक्तिहरु सहभागि छन् । तालिम पश्चात उनिहरु आत्मनिर्भर हुन सकुन भन्ने उदेश्य रहेको छ ।