आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, वागमती प्रदेश स्वास्थ्य निर्देशक डा.नरेन्द्र कुमार झा, तथ्यांक अधिकृत डिएल शाह, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा.अर्जुन उपाध्याय, मेथिनकोट अस्पतालका प्रमुख डा.रामशरण श्रेष्ठ, डब्लुएचओका अनुप विसी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, विश्व स्वास्थ्य संगठन र जन्त्रको सहयोग तथा समन्वयमा गोष्ठी आयोजना गरिएको हो ।
जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाबाट प्रमुख सहित स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । चालु समिक्षा गर्दै नविनतम् अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण कार्यक्रममा रुपमा गोष्ठीलाई लिएको बताइन् । जिल्लाका ग्रामिण क्षेत्रमा पर्ने पालिकाहरुमा २० वर्ष मुनिका किशोरी गर्भवतीको संख्या बढ्दो क्रममा रहेको उनले बताइन् । यो प्रमुख चुनौतीका रुपमा देखिएको उनको भनाई छ । यस्तै नसर्ने रोगका विरामीको संख्या बढेकाले यसका लागि उपयुक्त नीति बनाउन जरुरी रहेकोमा पनि उनले जोड दिइन् । समय–समयमा आउने विभिन्न रोगको महामारी सम्बन्धी सचेतना, महामारीको रोकथामको तयारीलाई जनस्वास्थ्य कार्यालयले प्राथमिकता दिएको उनको भनाई छ । वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा भएको छलफल, प्राप्त तथ्यांक र सल्लाहसुझाव सहित वार्षिक कार्यक्रम तय गरिएको जनस्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठले बताइन् ।
श्रेष्ठले समयसमयमा स्वास्थ्य संस्थामा गएर परिक्षण गराउन, स्वस्थकर जीवनशैली अपनाउन अनुरोध गरेकी छन् ।









