जिल्ला सहकारी संघको ४५ आंै बार्षिक साधारण सभा
बनेपा÷उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता भन्ने नाराका साथ जिल्ला सहकारी संघको ४५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष अमन पोटेले संस्थाको बार्षिक गतिविधि, आगामी योजना तथा सहकारी सम्वन्धी परिवर्तित नियम, कानून र ऐनका बारेमा जानकारी गराएका थिए ।
सचिव प्रकाश बञ्जाराले जिल्ला सहकारी संघका सांगठनिक तथा संरचनागत र नीतिगत विषयमा भएका गतिविधिहरु, स्थापना दिवस तथा अन्य सामाजिक उत्तरदायित्व सम्बन्धि गरिएका कृयाकलापहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष अर्जुन सापकोटाले अघिल्लो आर्थिक वर्षमा भएको आम्दानी तथा खर्चको विवरण, चालु वर्षको बजेट, आर्थिक कारोवार, लाभाशं वितरण तथा खर्च कटौती र राज्यका निकायमा राजश्व मार्फत पु¥याएको योगदानका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लेखा समितिका तर्फबाट सदस्य पवनराज कर्णजितले लेखामा भएका गतिविधिहरु प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पास भएका थिए । सभामा लाभांश वितरण गर्ने निर्णय पास भएको थियो । ३ करोड ४९ लाख ६ हजार ४ सय शेयर पुँजी रहेको छ भने २७ करोड १ लाख ६२ हजार ३ सय ९९ रुपैयाँ कर्जा लगानी गरिएको छ । ५ करोड ८४ लाख ६५ हजार ४ सय २९ बचत संकलन रहेको छ । सबै खर्च कटाएर खुद मुनाफा १ करोड २९ लाख ७२ हजार ७ सय १२ रहेको संघले विभिन्न निकायमा ७० लाख ३४ हजार ८ सय ४८ रुपैयाँको कर बुझाए भएको छ । जग्गाको पुर्नमुल्यांकन कोष, जोखिम कोष तथा विभिन्न कोषहरुमा रकम जम्मा गरिएको छ ।
सभामा महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तब्य राखेकी थिईन् । उपाध्यक्ष शान्ति लामा लगायतले सभामा धन्यवाद ब्यक्त गरेका थिए । १४ सय ९५ वटा सहकारी हस्तान्तरण गरेको डिभिजन सहकारीले पछिल्लो क्रममा ५ सय ८८ वटा चालु अवस्थामा छन् । एकीकरण, बन्द हुने क्रम जारी रहेकाले ३ सय भन्दा धेरै सहकारीहरु नियमित भएको तथ्यांक देखिएको छ । संघमा भने ५ सय ८८ वटा आवद्ध भएका छन् ।
विविध विधामा सम्मान र पुरस्कार
पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष एवं मदानी विट, चेष्टा, प्राईम एफएममा कार्यरत संचारकर्मी मोतीराम तिमल्सिनालाई सहकारी पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिएको छ । त्यस्तै सर्वाेत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सम्मानित भएका छन् । असल ऋणी सदस्य संस्था पुरस्कार धुलिखेल ३ को नमस्ते कृषि सहकारी संस्था लिमिटेडले प्राप्त गरेको छ । सहकारी ब्यवसाय पुरस्कार कृषि सहकारी विधातर्फ पाँचखाल ३ को प्रतिष्ठा सहकारी संस्था लिमिटेडले प्राप्त गरेको छ । सहकारी ब्यवसाय पुरस्कार बहुउद्देश्यीय पुरस्कार सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनौती ६ काभ्रेले प्राप्त गरेको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, उपाध्यक्ष शान्ति लामा, महिला उपाध्यक्ष मिरा सत्याल, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन सापकोटा लगायतका संचालक सदस्यहरुले सम्मानित ब्यक्ति तथा संस्थाहरुलाई दोसल्ला पत्र, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । जिल्ला सहकारी संघको ४५ औं बार्षिक साधारण सभाको अवसरमा उक्त पुरस्कारहरु वितरण गरिएको हो ।
उद्यम विकास साकोसको १९ औं साधारण सभा
पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा उत्कृष्ट कर्मचारी र शेयर सदस्य सम्मान तथा विगतका कार्यक्रमको समिक्षा र भावी योजना तय गर्दै सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सनिल सुन्दर सैंजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सल्लाहकार एवं संस्थापक अध्यक्ष सनत प्रसाद सापकोटा, निवर्तमान अध्यक्ष रोशनकुमार श्रेष्ठ, व्यवस्थापक उत्तम श्रेष्ठ लगायत सञ्चालक समिति सदस्यहरु, शेयरसदस्य, कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन ज्येष्ठ सदस्य कान्छी थापा र भोलानाथ श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, असल ऋणी, बालबचतकर्ता र उत्कृष्ट दैनिक बचतकर्तालाई सममान गरिएको छ । उत्कृष्ट कर्मचारी सम्मानबाट कार्यालय सहायक कर्मचारी राजन बासी सम्मानित भएका छन् । यस्तै ज्येष्ठ सदस्य कान्छि थापा र भोलानाथ श्रेष्ठ, उत्कृष्ट बचतकर्ता श्याम ख्याजु, असल ऋणी लोकनाथ तिमल्सिना, उत्कृष्ट बालबचतकर्ता सुप्रिया धाँजु र उत्कृष्ट दैनिक बचतकर्ताका रुपमा निशा श्रेष्ठ सम्मानित भएका छन् । एसईई सम्मान तथा प्रोत्साहन र शिक्षावृत्ति समेत प्रदान गरिएको व्यवस्थापक उत्तम श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष सनिल सुन्दर सैंजुले सदस्यको बचत सुरक्षित राख्ने, सहि ठाउँमा लगानी गर्ने, उत्पादनशील क्षेत्रमा पूँजि परिचालन गर्ने र प्रत्येक सदस्यको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने संस्थाको लक्ष्य अनुसार काम गरिरहेको बताए । सिमित स्रोत साधनलाई सहि ढंगले परिचालन गर्ने सामुहिक शक्ति उद्यम विकास साकोससँग रहेको भन्दै उनले चुनौती भन्दा ठूलो आत्मविश्वास रहेको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन् । सचिव विमल कार्कीका अनुसार संस्थामा ५ हजार १ सय २४ शेयर सदस्य रहेका छन् । शेयरसदस्यलाई आयआर्जन र सीपमूलक कार्यक्रममा जोड्न कोलिन, हार्पिक, लाइजल, फिनेल र सर्फ बनाउने तालिम सञ्चालन गरिएको उनले बताए । कौशी खेती, क्षमता अभिवृद्धि तालिम लगायतका काम समेत संस्थाले गरिरहेको छ । संस्थाको कूल पूँजी ७२ करोड, ५२ लाख, ९३ हजार ४ सय ६८ रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ७ दशमलव ०७ प्रतिशतले बढी हो । शेयर पूँजी ५ करोड ६५ लाख ६५ हजार ९ सय, कुल निक्षेप ६० करोड ११ लाख १९ हजार ७ सय ७७, जगेडा कोष ४ करोड २५ लाख ३९ हजार ४ सय ८३ रहेको कोषाध्यक्ष शिव नारायण घुल्लुले जानकारी दिएका छन् ।
बुडोल साकोसमा ज्येष्ठ नागरिक सदस्य सम्मान
बनेपा/बुडोल साकोसले ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८३ को अवसरमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था अन्तर्गत महिला तथा सामाजिक सांस्कृतिक उपसमितिको आयोजनामा तथा कान्छीमाया तामाङ फाउण्डेशन, धुलिखेल–४ सँगको सहकार्यमा संस्थामा आबद्ध ७५ वर्ष उमेर पूरा गरेका २३८ जना ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि निरन्तरता पाउँदै आएको यस कार्यक्रम अन्तर्गत प्रत्येक सदस्यहरूलाई यस वर्ष १ थान हटकेस, १ थान इलेक्ट्रिक हट ब्याग, १ केजी सातु, १ थान रामनामी र नगद ३ सय ५३ रुपैयाँ नगद सहित सम्मान गरेको हो । ज्येष्ठ नागरिकप्रति माया, सम्मान र कृतज्ञताको भावना अभिवृद्धि गर्दै परिवार तथा समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारलाई अझ सुदृढ बनाउनु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको साकोसले जनाएको छ ।
पाञ्चाल बहुउद्धेश्यीय सहकारीको दोस्रो वार्षिक साधारण सभा
पनौती/पाञ्चाल बहुउद्देश्यीय सहकारी संस्था लि.को दोस्रो वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
अध्यक्ष श्रेष्ठले संस्थालाई सुशासन, ईमानदारिता, पारदर्शिता र सकारात्मक सोचका साथ सञ्चालन गरिएको बताए । संस्थालाई सञ्चालन गर्न ब्यक्तिहरुको नियत सफा र निर्णयहरु पारदर्शी हुनुपर्ने बताए । संस्थाले छोटो समयमा नै सिमित स्रोत साधनका बाबजुद पनि स्थानीय युवालाई रोजगार दिन सफल भएको र सदस्यहरुको आयस्तर बृद्धि गर्न, उद्यमशीलता विकास गर्न तथा आत्मनिर्भर बनाउन साथै सहजीकरण प्रदान गरेको श्रेष्ठले बताए ।
कार्यक्रममा सस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिबेदन उर्मिला श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन जयराम मानन्धरले तथा लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक विनायक न्यौपानेले सभामा प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुंजी ३ करोड ५४ लाख ३ हजार, निक्षेप ६ करोड ७७ लाख ३ सय रहेको छ । कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, ऋणीलाई सम्मान गरिएको थियो । कार्यक्रममा चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, तपाई हाम्रो साप्ताहिकका सम्पादक बुद्धकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पानस साकोसको १८ औ वार्षिक साधारण सभा
बनेपा/पानस बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा जेष्ठ सदस्य श्यामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा अध्यक्ष विजेन्द्र पोटेको सभापतित्वमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पोटेले सहकारीको मुल्य मान्यतालाई पूर्ण रुपमा पालना गरी सहकारी नियमन निकाय तथा विभागहरुको निति नियमको परिधि भित्र रहि कारोबार गर्दै आएको बताए । सहकारीले देशमा देखीएका विभिन्न विषम परिस्थितीमा समेत थोरै भए पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार ५ सय ५५ रुपया सहयोग गरेको बताए । १४ जना बाट शुरु गरिएको संस्थामा ३ हजार २ सय ६५ जना सदस्यहरु आबद्ध रहेको अध्यक्ष पोटेले बताए ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिबेदन सचिव सुमन बैद्यले आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्याम सेवाचार्यले एवं लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक रामेश्वर महाजुले सभामा प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुजीं १ करोड ६३ लाख ८३ हजार, बचत संकलन १५ करोड ४६ लाख ५२ हजार, ऋण लगानी १३ करोड २५ लाख ९० हजार, जगेडा कोष ६३ लाख ५८ हजार ८ सय रहेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट बचत कर्ता ईसान मानन्धर, रिता मानन्धर, असली ऋणी गम्भिर भारती, जेष्ठ सदस्य शिवमाया श्रेष्ठ, श्याम कृष्ण श्रेष्ठ बाल बचतकर्ता सुहाना श्रेष्ठ, निर्भेद डंगोल, कृषिना हुमागाई, नवराज रावल र प्रिसा रावललाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रमा बाल दिवसका अवसरमा संस्थाले गत भदौ २७ गते आयोजना गरेको चित्रकला प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरेको थियो । चित्रकला प्रतियोगितामा ३ वटा समुह रहेका थिए । समुह क मा प्रथम प्रतिक श्रेष्ठ, दोस्रो प्रिन्सेस तामाङ र तेस्रो ख मा प्रथम सोफिया मानन्धर दोस्रो शिरिष कर्माचार्य र तेस्रो सन्जना श्रेष्ठ रहेका छन् । समुह ग मा प्रथम युविका नकर्मी, दोस्रो ईशाना महाजु र तेस्रो सागर जिसि रहेका प्रमुख कार्यकारी ईश्वर महाजुले बताए । संस्थाले विभिन्न समयमा सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।
लक्ष्मी महिला साकोसको २८ औ वार्षिक साधारण सभा, सदस्यमुखी कार्यक्रमहरुमा जोड
चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ वार्षिक साधारण सभा संस्थापक अध्यक्ष तिर्थमाया प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिबेदन सचिब सकुन्तला श्रेष्ठले आर्थिक प्रतिबेदन कल्याणी चन्द ठकुरीले सभामा प्रस्तुत गरेकी थिईन् । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सोविता थापा मगर (प्रधान) ले प्रस्तुत गरेकी थिईन् । संस्थाको कुल शेयर पुजीं ३ करोड ३४ लाख ३७ हजार, सदस्य सख्या ३ हजार ७ सय ८ जना, बचत निक्षेप ३२ करोड ४९ लाख ८८ हजार, ऋण लगानी २० करोड ९६ लाख १६ हजार रहेको जनाएको छ भने आगामी वर्ष २०८३÷०८४ को अनुमानित वासलात र आय ब्यय विबरण समेत पेश गरिएको थियो । कुल आय ४१ करोड ८७ लाख २७ हजार र ब्यय ३६ करोड ६८ लाख ७७ हजार अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले बताए ।
कार्यक्रममा संस्थाले नवदुलही भेटघाट कार्यक्रम १४ जना, प्रसुती राहत ४९ जना, मृत्यु राहत १२ जना, विरामी राहत ६ जना, जेष्ठ नागरीक सम्मान २४ जना, एस ई ई सम्मान ८ जना सामाजिक उत्तर दायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको अध्यक्ष हिमाली श्रेष्ठले बताईन् । स्वास्थ्य शिविर, रक्तदान, विपत ब्यबस्थापन सम्बन्धी तालिम, तनाब ब्यबस्थापन सम्बन्धी, बृक्षारोपण, लैङ्गीक हिंसा बिरुद्ध, गर्ववति मातृशिशिु स्याहार सम्बन्धी सचेतना, सामुहिक ब्रतबन्ध, सरसफाई लगाएतका थुर्पे सामाजिक कार्यहरु गर्दै आएको श्रेष्ठले बताईन् । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष कविता कार्कीले राखेकी थिईन् ।
पिपुल्स साकोस द्धारा हार्पिक, सरफ, साबुन बनाउने तालिम
बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्था महिला सशक्तिकरण तथा बाल विकास उप–समिति र सामुदायिक विकास उप–समितिको संयुक्त आयोजनामा हार्पिक, सरफ, साबुन बनाउने तालिम प्रदान गरेको छ । उक्त तालिममा २० जनाको महिला सदस्य प्रशिक्षार्थी र समिति, उप–समिति तथा कर्मचारी गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।
एकदिने तालिम उप–समिति संयोजक रिजना भण्डारीले संयोजन गरेकी थिईन भने कार्यक्रम संचालन तथा वित्तिय एवं प्रविधि साक्षरता प्रबन्धक नवराज सापकोटा र तालिमका मुख्य प्रशिक्षकका रुपमा अनिता रंजितले प्रशिक्षण दिएका थिए । तालिममा संस्थाका सचिव सन्तोष कुमार घिमिरे, सञ्चालक सदस्य सुलोचना श्रेष्ठ महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायस्थ सामुदायिक विकास उप–समिति सदस्य सविना मिश्र लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा सदस्य अञ्जु कायस्थले तालिमको प्रभावकारीताका बारेमा बताएकी थिईन् । तालिममा सहभागिहरुलाई प्रमाण–पत्र र प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
बिन्धवासिनी सहकारीको ३३ औं वार्षिक साधारण सभा, अध्यक्षमा पुनः शान्तकुमार श्रेष्ठ
बनेपा/बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिको ३३ औं वार्षिक साधारण सभा बाट आगामी चार वर्षे कार्यकालको लागि पुन शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा केशव थापा, सचिव भिमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली र सदस्यहरुमा लोकदर्शन कर्माचाय, बुद्धिमाया लामा, सुनिता धिताल पौडेल, पुष्पा खडका बस्नेत र रामशरण श्रेष्ठ रहेका छन् भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामकुमार श्रेष्ठ र सदस्यमा विदुर थापा, सिद्धिलक्ष्मी पोटे निर्विरोध निर्वाचित भएका छन् । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन साधारण सभा संचालन गरेको थियो । बनेपा र बानेश्वर सेवा कार्यालयमा १६ गते, ढुंखर्क, पाँचखाल र भकुण्डे सेवा कार्यालयमा १७ गते तथा खोपासी र पनौती सेवा कार्यालयमा १८ गते इकाई साधारण सभा संचालन गरिएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति र भावी योजना प्रमुख कार्यकारी अधिकृत केवि लामा स्यांङतानले र नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे, विभागीय प्रमुख अमित राजकर्णिकारले प्रस्तुत गरेका थिए । संस्थामा हाल २६ सय ४८ वटा विभिन्न समुहमा ६१ हजार तीन सय २६ जना शेयर सदस्य र १२ हजार छ सय छ जना बाल वचतकर्ता गरि जम्मा ७३ हजार नौ सय ३२ जना सदस्यलाई सेवा प्रदान गरी शेयर पूजीं ५३ कारोड ५९ लाख ३९ हजार दूई सय, कुल वचत चार अर्व ३९ करोड ७४ लाख आठ हजार, ऋण लगानी तीन अर्व ५९करोड १९लाख ६४ हजार, जगेडा कोष ४१ करोड १७ लाख ५७ हजार भई कुल सम्पत्ती पाँच अर्व ७३ करोड ३७ लाख २७ हजार पुगेको छ । बिन्धबासिनी सहकारीले साधारण सभामा सात सय भन्दा बढी जेष्ठ सदस्यलाई सम्मान र जेष्ठ सदस्य भत्ता, एक सय ३३ जना अपांग सदस्यलाई सम्मान र भत्ता वितरण गरेको थियो भने प्रत्येक सेवा कार्यालयका उत्कृष्ठ वचत कर्ता, अधिकतम शेयर खरिद कर्ता, उत्कृष्ट शैक्षिक बाल वचत कर्ता र उत्कृष्ट लघुवित्त समुहलाई सम्मानित तथा पुरस्कृत गरेको थियो । साधारण सभामा शेयर सदस्यका छोराछारी मध्ये गत एसईइ परीक्षा २०८२ मा ४ जिपिए ल्याउने सहित उत्कृष्ठ जिपिए ल्याउने तीन गरी सात जनालाई चाँदीको तक्मा प्रशंसा पत्र र नगदबाट सम्मान गरिएको थियो भने अन्य एक सय ८९ जनालाई विद्यार्थीहरुलाई प्रंशसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । संस्थाले साधारण सभाको अवसरमा सभा स्थलमा निःशुल्क स्वास्थ्य शिबिर, निःशुल्क दन्त परीक्षण शिबिर र रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो भने बानेश्वर सेवा कार्यालयको सभामा शेयर सदस्य भोलाप्रसाद अधिकारीको निधन भएकोमा उहाँको परिवारलाई २० लाख ३० हजार वीमा रकम भुुक्तानी गरिएको थियो ।
चण्डेश्वरी साकोसको अध्यक्षमा बुद्धरत्न
बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औं वार्षिक साधारण सभा तथा अधिवेशन संस्थाका अध्यक्ष नविनभक्त बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
साधारण सभा बाट अध्यक्षमा बुद्धरत्न मानन्धर उपाध्यक्ष पुर्ण पोटे सचिब सुरेन्द्र प्रजापती कोषाध्यक्ष जितेन्द्र भक्त पोटे सदस्यहरुमा गणेशकुमार रंजित, रुकमणी देबी रजभण्डारी, मनोहरी पोटे, लक्ष्मी श्रेष्ठ, सुवनकुमार प्रधान निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी लेखा सुपरिबेक्षण समितिको संयोजक रोशना राजबंशी सदस्यमा कृष्णेश्वरी श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका छन् ।
सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो । आ.व.२०८२÷८३ को वार्षिक लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यहरूलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा पारित गरिएको कार्यक्रमका सभापति तथा अध्यक्ष नविन भक्त बादेले बताए । सभामा ५ जना उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो भने संस्थाका संस्थापक अध्यक्ष स्व. ज्योतिप्रकाश सैंजु स्मृति कोष अन्तर्गतको एसईई छात्रवृत्ति कार्यक्रमबाट ४ जना विद्यार्थीलाई जनही रु. १० हजारको छात्रवृत्ति प्रदान गरिएको थियो भने संस्थाका २९ जना बाल बचतकर्तालाई एसईई सम्मान प्रदान गरिएको थियो । त्यसै गरी आ.व. २०८२/८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा संस्थामा कनिष्ठ कार्यालय सहायक पदमा कार्यरत कर्मचारी अञ्जना कुइकेललाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव बुद्धरत्न मानन्धरले गरेका थिए ।
दुमो साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
नाला/दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
असोज १८ गते तिनघरे, काफ्लेबोट, अनेकोट र छहरेमा १९ गते रविओपी तथा ओपीमा र असोज २० गते बडालगाउँ तथा भमरकोट समूहमा कार्यक्रम सञ्चालन गरिएको थियो । साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार संस्थाको शेयर पूँजी रु. १ करोड ५५ लाख ५८ हजार निक्षेप १२ करोड २३ लाख ३४ हजार ऋण लगानी ११ करोड ४२ लाख २२ हजार सदस्इ ३ हजार रहेको बताएको थियो ।
क्षेत्रगत रूपमा सञ्चालन गरिएको साधारण सभामा संस्थाका पदाधिकारी तथा विभिन्न समितिका पदाधिकारीहरुले नेतृत्व गरेका थिए । संस्थाका अध्यक्ष जीवन मंग्रातीले अनेकोट, छहरे, ओपी र भमरकोट समूहको कार्यक्रमको सभापतित्व गरेका थिए भने सचिव कुमार रम्तेलले काफ्लेबोट र तिनघरे समूहको कार्यक्रमको सभापतित्व गरेका थिए । त्यसै गरी उपाध्यक्ष कृष्णमाया मिजार (दुलाल) ले रविओपी र बडालगाउँ समूहको साधारणसभाको सभापतित्व गरेका थिए ।
लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण परियारले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्रगत रूपमा सम्पन्न कार्यक्रमहरू संस्थाका कार्यालय प्रमुख दीपक रम्तेल र ऋण शाखा प्रमुख सनम बोगटीले सञ्चालन गरेका थिए ।









