2026 September 18/ 04:36: 20pm

           बनेपा/बनेपा चप्लेटी शुभ विहानी समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
           संस्थाका अध्यक्ष संजय मानन्धरको सभाध्यक्षतामा भएको सभामा वरिष्ठ साहित्यकार तथा जनमत प्रकाशनका प्रमुख मोहन दुवालको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्यको लागि विहानी हिँडाई नाराका साथ एकजुट भै एकता, मित्रता र सहकार्यताको उद्देश्यसहित अघि बढ्दै गरेको समूहले आगामी समयमा पनि विभिन्न स्थानहरुमा हाईकिङ्ग–भ्रमणहरु, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु, विशेष स्थानहरुको सरसफाई कार्यक्रमहरुमा निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको छ ।
           समूहले विगतमा कार्य गर्दै, अन्तिम चरणमा पु¥याएको बनेपा नगरपालिका भित्रका संकलित करिब १ हजार वटा सम्पदाहरुको फोटो सहितको तथ्याङ्क संकलन पश्चातको पुस्तक प्रकाशन गर्ने कार्यलाई यथासिघ्र सम्पन्न गर्ने लक्ष्य समेत लिएको छ । बनेपा स्थित शिर मेमोरिय एड्भेन्टिष्ट हस्पिटलमा यस संस्थाका सदस्यहरुलाई औषधी(उपचारमा विशेष छुट दिने प्रक्रिया शुरु भैसकेकोमा, सो कार्य सहित विभिन्न तालिम(अन्तक्र्रिया कार्यक्रमहरु संचालनमा विशेष समन्वयकर्ताको भूमिका निभाउनु भएका हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रभा शाक्यलाई विशेष कदर पत्र प्रदान गरिएको थियो ।