2026 July 10/ 11:53: 39pm

    पनौती/मानेश्वरी जात्रा एवं मन्दिर संरक्षण समितिमा लक्ष्मण माताछेंको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । 
    पनौती वडा नम्बर ७ मानेश्वरी जात्रा समिति र मन्दिर निर्माण समितिको संयुक्त भेलाबाट मौजुदा दुई वटै समिति विघटन गरी नयाँ मानेश्वरी जात्रा एवं मन्दिर संरक्षण समिति गठन गरिएको हो । उक्त भेलाबाट उपाध्यक्ष राजेन्द्र  पसछे, सचिब रामकृष्ण श्रेष्ठ(भद्रकाली), कोषाध्यक्ष रामकृष्ण श्रेष्ठ (बस पार्क)  र सदस्यहरुमा गणेश पसछें,  हरिकृष्ण श्रेष्ठ, हिरण्यराज ताम्राकार, दिपक मातछें, राजाराम सैजु, मकरलाल श्रेष्ठ, विजेन्द्र प्रधान, सौगात बस्नेत, मीना रघु श्रेष्ठ, चण्डेश्वरी प्रधान र सुरेश ताम्राकार रहेका छन् । त्यसैगरी समितिको सल्लाहकार समितिमा ९ सदस्यीय चयन गरिएको छ । जसमा तुयुकाजी ताम्राकार, जयराम ताम्राकार, सूर्यलाल श्रेष्ठ, बलराम सैजु, रामलाल ताम्राकार, पृथ्वीनारायण पसछे, पूर्ण सुन्दर संैजु, लक्ष्मीनारायण ताम्राकार र सुदर्शन श्रेष्ठ रहेका छन् । समितिले मानेश्वरी जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने बताईएको छ ।