बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा १२ मा उतिर्ण गरेका विद्यार्थीलाई विदाई तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।
शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गराउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले गुणस्तरीयताई विशेष ध्यान दिदै आएको बताए । प्रतिष्ठानले विद्यार्थीहरुलाई नैतिक, व्यावहारिक र व्यावसायिक शिक्षासँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा अतिरिक्त कक्षा मार्फत अध्यापन गराउँदै आएको दाहालले बताए । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, क्याम्पसका सहायक प्रमुख नवराज चौलागाई, कार्यक्रम संयोजक दिपेन्द्र विष्ट लगाएतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रमका सभापति तथा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै गुणस्तरीय र उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैद्यले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा संस्थाले निरन्तर साथ र सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।









