2026 July 11/ 12:57: 36am

    धुलिखेल/नेपालमा आउने विदेशी नागरिकहरूको आगमन, बसाइ र प्रस्थानलाई अझ व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले अध्यागमन विभागले संचालनमा ल्याएको फरेन नेसनल्स म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (ँल्ःक्ष्क्) का विषयमा धुलिखेल तथा नगरकोटमा रहेका होटल ब्यवसायीहरुलाई अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । 
    यो प्रणालीले विदेशी नागरिकको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूबाट डिजिटल रूपमा संकलन गरी आवश्यक सरकारी निकायसँग समन्वय गर्न सहयोग पु¥याउने महानिर्देशक रामचन्द्र तिवारीले बताए । अध्यागमन विभागका अनुसार नेपालमा विदेशी नागरिकलाई सेवा प्रदान गर्ने होटल तथा लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी, आन्तरिक वायु सेवा, हेलिकोप्टर सेवा, सार्वजनिक यातायात सेवा, पर्वतारोहण एजेन्सी, टुरिस्ट गाइड, दूरसञ्चार सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, मनी चेन्जर, पर्यटक प्रहरीलगायत सरकारी तथा गैरसरकारी संस्थाहरू उक्त प्रणालीमा आबद्ध हुन सक्ने महानिर्देशक तिवारीले बताए । 
    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यागमन विभागका निर्देशक शिवप्रसाद लम्साल, निर्देशक टिकाराम ढकाल, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, सुरक्षा निकायका प्रमुखहरु, होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेल, नगरकोट होटल तथा पर्यटन समितिका पदाधिकारीहरु, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतको सहभागिता रहेको थियो । 
    प्रणालीमा आबद्ध हुन विदेशी नागरिकले विभाग तथा आप्रवासन मोबाइल एपमार्फत स्व–दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, विदेशी नागरिकलाई सेवा प्रदान गर्ने संस्थाहरूले विभागको वेब पोर्टलमार्फत आफ्नो संस्था दर्ता गरी प्रणालीमा आबद्ध हुनुपर्नेछ । आवश्यक प्राविधिक कागजात र एपिआई सम्बन्धी जानकारी पनि सोही पोर्टलबाट प्राप्त गर्न सकिने विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार प्रणालीको मुख्य उद्देश्य विदेशी नागरिकको स्थानीय दर्ता प्रणालीलाई प्रभावकारी बनाउनु, उनीहरूको सुरक्षा सुनिश्चित गर्नु, विपद् वा आपतकालीन अवस्थामा खोज तथा उद्धार कार्यलाई सहज बनाउनु, अपराध अनुसन्धानमा सहयोग पु¥याउनु तथा नेपाललाई सुरक्षित पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो। साथै, विदेशी नागरिकको गतिविधिको नियमन तथा व्यवस्थापनमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
    विभागले प्रणालीमा तथ्याङ्क सुरक्षालाई उच्च प्राथमिकता दिइएको जनाएको छ । विदेशी नागरिकको राहदानी नम्बर र मुलुकको नामबाहेक अन्य व्यक्तिगत विवरण संकलन नगरिने तथा संकलित विवरण राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको सुरक्षा र अपराध अनुसन्धानबाहेक अन्य प्रयोजनका लागि प्रयोग नगरिने स्पष्ट पारिएको छ । अध्यागमन विभागले ँल्ःक्ष्क् कार्यान्वयनसँगै अध्यागमन सेवा प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरेको छ। विभागका अनुसार यसले विदेशी नागरिकको अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै पर्यटन प्रवद्र्धन र राष्ट्रिय सुरक्षाबीच सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।