2026 May 26/ 01:25: 12am

          बनेपा/सिद्धार्थ स्कुलले एसईई २०८२ मा ४ जिपिए ल्याउने २ जना विद्यार्थी लगायत सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । 
         २०८२ को एसईई परीक्षामा सन्जु हुमागाई र युना श्रेष्ठले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन् भने ३० जना विद्यार्थीले उच्च जीपीए हासिल गर्न सफल भएका विद्यालयले जनाएको छ । उत्कृष्ट नतिजा सहित उत्तिर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमका विच सम्मान गरिएको छ । 
         विद्यालयका संस्थापक प्रिन्सिपल तथा कार्यक्रमका सभापति ज्ञान बहादुर केसीले २०४० सालमा स्थापना गरिएको स्कुलले २०५२ सालमा पहिलो पटक १४ जना विद्यार्थीहरुले एसएलसी दिएको बताए । १४ जना विद्यार्थीहरु नै एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएको केसीले बताए । विद्यालयले २०५४ साल र २०६१ सालको परीक्षामा बोर्ड प्रथम, पटक पटक जिल्ला प्रथम र २०८२ मा २ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भएको केसीले बताए । तीन तहको मेहनतले मात्रै उक्त नतिजा ल्याउन सफल भएकाले विद्यार्थी, अभिभावक र शिक्षकहरुले सधै मेहनत गर्नुपर्ने केसीको भनाई रहेको थियो । 
             विद्यालयका प्रिन्सिपल गुञ्ज प्रसाद लुईटेलले ४ जिपिए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्राबृत्ति प्रदान गर्ने घोषणा गरे । विद्यालयको कक्षा ११ र १२ मा एआई मैत्री स्मार्ट बोर्ड राखी कक्षा सञ्चालन गरिएको, प्रविधि मैत्री बाताबरण, पर्याप्त ल्याब, गुणस्तरीय शिक्षा प्रदान गरिदै आएकाले सम्पुर्ण अभिभावकहरुलाई विद्यालय अवलोकन गर्न लुईटेलले आग्रह गरेका थिए । लुईटेलले विद्यार्थीहरूको मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए । कक्षा ११ र १२ को परिक्षामा विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले विद्यालयले जिपिए अन्र्तगत छात्रावृत्ति प्रदान गरिने लुईटेलले बताए । 
           कार्यक्रमका प्रमुख अतिथी पूर्व बागमती प्रदेस शिक्षा मन्त्रालयका सचिव चन्द्रप्रसाद लुईँटेलले विद्यार्थीहरुमा आफ्नो क्षमता अनुसार हुने भएकाले सबै विद्यार्थीहरु उत्कृष्ट रहेको बताए । ब्यबहारीक शिक्षा र प्राविधिक शिक्षामा जोड दिनुपर्ने लुईटेलले बताए । कार्यक्रममा २०८२ को एसईई परिक्षामा २ जना ४ जिपिए, २८ जनाले उत्कृष्ट जिपिए ल्याएको बताईएको थियो । कार्यक्रममा मदानी विट अनलाईनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण तिमल्सिना, काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश न्यौपाने, विद्यालयका सह–प्रिन्सिपल सुधिर न्यौपाने, शिक्षक श्रीबहादुर कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
               कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।