2026 July 01/ 03:58: 08am

    बनेपा/प्रगतिशील लेखक संघ काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नर्मदेश्वरी सत्यालको उपस्थिति रहेको थियो भने स्रष्टा विशेषका रूपमा राम सुन्दर देउजा सहभागी भएका थिए । 
    कार्यक्रमको सभापतित्व रक्तिम लामाले गरेका थिए । कार्यक्रममा नवराज उत्साही, मुरहरी रायमाझी हरि, दिनेश खरेल, सरस्वती चिमोरिया, बलराम बिस्ट, शुसिला बिस्ट, देउपुरे यदुनाथ, हरि प्रसाद चौलागाईं, शारदा प्रसाद धिताल, अल्फि फोइन फालुक्पा तथा पूर्ण श्रेष्ठ ह्रदयाङ्गकृत लगायतका कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए र 
    प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले कार्यक्रममा प्रस्तुत कवितामाथि समालोचनात्मक तथा समीक्षात्मक टिप्पणी गर्दै साहित्यले समाज रूपान्तरणमा खेल्ने भूमिकामाथि प्रकाश पारिन् । चर्चित कविता ‘देशसँगै पोलिए म’ वाचन गर्दै साहित्यप्रेमीहरूको विशेष ध्यान आकर्षित गरेकी थिईन् । प्रगतिशील लेखक संघ काभ्रेले प्रमुख अतिथि नर्मदेश्वरी सत्याललाई सम्मान गरेको थियो । साथै स्रष्टा विशेष राम सुन्दर देउजालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यप्रेमी, सहभागी तथा हल उपलब्ध गराइदिने नेपाल शिक्षक सङ्गठन प्रति आयोजकका तर्फबाट अध्यक्ष रक्तिम लामाले धन्यवाद व्यक्त गरेका थिए ।