2026 May 01/ 05:52: 36pm

    बनेपा/विश्व हिन्दु महासंघ नेपाल वाग्मती प्रदेश कार्यसमितिको तेस्रो प्रदेश सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम प्रदेश अध्यक्ष उद्धव प्रसाद नेपालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 
    अधिवेशनमा वृहद् शान्तिधामका मठाधीश श्री १००८ स्वामी श्रीचतुराभुजाचार्य चुडामणिजी महाराज प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको अभिभावकत्व रहेको थियो । कार्यक्रममा नेपाल वैदिक महर्षि फाउण्डेशनका अध्यक्ष दीपक प्रसाद बाँस्कोटा, भारत दिल्लीस्थित द्यब्एक् स्वामीनारायण अक्षरधामका प्रमुख पुज्य मुनिवत्सलदास स्वामी, सन्त निर्देशक दिल्लीका पुज्य धर्ममूर्तिदास स्वामी, उत्तर भारतका पुज्य त्यागनिष्ठदास स्वामी, भजन गायक पुज्य शुद्धस्वरूपदास स्वामी, धार्मिक अभियन्ता एवं पूर्व सांसद शंकर प्रसाद पाण्डे लगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    यसैगरी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, प्रवीण घिमिरे, सनातन सम्पदाका महासचिव चन्द्रबहादुर थापा, केन्द्रीय उपाध्यक्ष गणेश प्रसाद न्यौपाने, गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी, महासचिव रामचन्द्र तिवारी, वैष्णव मन्दिरका मठाधीश यतीन्द्राचार्य, भावातीत ध्यान योग गुरु भरतराज पौडेल, ज्योतिष डा. उत्तम उपाध्याय न्यौपाने, केन्द्रीय सचिव अर्जुन कुमार पौडेल, सुदूरपश्चिमबाट डा. पद्मा साउद लगायतका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी भएका थिए । पं. अच्युत प्रसाद पौडेल चिन्तन र पं. रुद्रलोचन आचार्य गुरुहरूले स्वस्तिवाचन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
    कार्यक्रममा उपाध्यक्ष हयग्रीव आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहकोषाध्यक्ष विमला खनाल न्यौपानेले ब्याच वितरण गर्नुभएको थियो । अध्यक्ष उद्धव प्रसाद नेपालले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव अर्जुन प्रसाद सापकोटाले सचिवीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो । अतिथि तथा विशिष्ट अतिथिहरूले संस्थाको सफलताका लागि शुभकामना तथा आशीर्वचन व्यक्त गर्नुभएको थियो । यसैबीच प्रमुख निर्वाचन अधिकृत एवं केन्द्रीय सहमहासचिव रामेश्वर कोइराला, निर्वाचन अधिकृत ध्रुवराज नेपाल र निर्वाचन अधिकृत केशव प्रसाद खनालको निर्वाचन समितिद्वारा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरिएको छ ।
    नव निर्वाचित कार्यसमितिमा अध्यक्ष अर्जुन प्रसाद सापकोटा (काभ्रेपलाञ्चोक) रहनु भएको छ भने उपाध्यक्ष हयग्रीव आचार्य (मकवानपुर), महिला उपाध्यक्ष विन्दा देवी अर्याल (नुवाकोट), सचिव ऋषिकान्त घिमिरे (काठमाडौं), कोषाध्यक्ष तुलसी प्रसाद अधिकारी (धादिङ), सहसचिव विनिता खड्का, सहसचिव चन्द्र प्रसाद ढुंगाना (सिन्धुपाल्चोक), सहकोषाध्यक्ष केदार प्रसाद पौडेल, सहकोषाध्यक्ष विमला पौडेल पण्डित रहेका छन् । सदस्यहरूमा सपना वाग्ले, संजिता दनुवार, रामचन्द्र दंगाल, शुभनाथ काफ्ले, शिवनाथ अधिकारी, पुण्यलोचन आचार्य, कटकबहादुर थापा, ध्रुवप्रसाद सिम्खडा, राम बस्नेत, नारायण सिलवाल, रामप्रसाद अधिकारी, शान्ता वाग्ले, प्रकाश न्यौपाने, विनिता काफ्ले, गोविन्दप्रसाद घिमिरे लगायत निर्वाचित भएका छन् । बाँकी १४ सदस्य अध्यक्षद्वारा कार्यकारिणी समितिको सिफारिसमा मनोनित गरिने तथा १३ वटै जिल्ला अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था अनुसार ५१ सदस्यीय समिति गठन हुने जनाइएको छ ।
    नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।