2026 April 20/ 06:46: 21am

             बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको सामुदायिक विकास उप–समिति र महिला सशक्तिकरण तथा बाल विकास उप–समितिको संयुक्त आयोजनामा बाल बचतकर्ताहरुलाई स्टेशनरीवितरण गरेको छ । 
            सामुदायिक विकास उप–समिति संयोजक मञ्जु कायष्ठले संयोजनमा भएको उत्त स्टेस्नरी वितरण  संचालन तथा सहकारी शिक्षा, वित्तिय एवं प्रविधि साक्षरता प्रशिक्षण प्रबन्धक नवराज सापकोटाले गरेका थिए । कार्यक्रममा संस्थाका सचिव सन्तोष कुमार घिमिरे, सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, द्वारीका गौतम,  नवराज तिमल्सिना सामुदायिक विकास उप–समिति सदस्य अप्सरा पुडासैनी लगाएको उपस्थिती रहेको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य कपिल प्रसाद दुलालले राखेका थिए ।  संस्थाका प्रवन्धक नवराज सापकोटाले संस्थाको वार्षिक कार्यक्रम अनर्तगत नै उक्त कार्यक्रमको आयोजना गरिएको बताए । सापकोटाले यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै जाने र सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यहरु गर्दै आएको बताए । सस्थाले रक्तदान, सरसफाई अभियान, स्वास्थय शिबिर, जेष्ठ नागरीक सम्मान, सहकारी शिक्षा शिबिर  लगाएतका थुर्पे कार्यक्रम गर्दे आएको जनाएको छ ।