2026 April 12/ 02:58: 51am

    बनेपा/नाईटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ मा एसईई उत्तिर्ण ४३ जना विद्यार्थीहरुलाई सम्मान तथा कक्षा एसकेजी उत्तिर्ण विद्यार्थीहरुको दीक्षान्त गरेको छ ।    
       विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री मेहर गण धुलिखेल नेपाली सेनाका प्रमुख झलक सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयकी  प्रिन्सिपल उमा, विद्यालयका अडिनेटर विक्रम प्रजापति तथा प्रि–प्राईमरी को–अडिनेटर पुण्यश्वरी मानन्धर लगायतले विद्यालयले प्रदान गरिरहेको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारसँगै प्रविधियुक्त शिक्षा, बालबालिकाहरुको सिकाई उपलब्धी, ब्यवहारीक तथा नैतिक र सामाजिक शिक्षा, संस्कृति र संस्कारयुक्त शिक्षाका लागि विद्यालयले उपलब्ध गराएको वातावरण लगायतका विषयमा धारणा राखेका थिए । नाईटिङ्गेल एकेडेमीले निरन्तर जिल्लामा शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै गुणस्तरमा उचाई कायम राखिरहेको छ । 
    कार्यक्रममा युकेजी उत्तिर्ण ६४ जना विद्यार्थीहरु दीक्षित गरिएको थियो । विद्यार्थीहरुले नृत्यका अलावा गीत र फेशन शो, कराते समेत प्रर्दशन गरेका थिए । समुदाय, अभिभावक र विद्यालय परिवारको संयुक्त सहभागितामा मात्रै विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने सीप र ज्ञान उपलब्ध हुन सक्ने भन्दै विद्यालयले फरक खालको अभ्यास गरिरहेको अध्यक्ष रत्नकुश रञ्जीतले बताए । कार्यक्रममा विद्यालयको प्रथम महिला सिंजा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।