2026 August 17/ 05:21: 42am

    भकुण्डे/बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय हेटौडाबाट प्रदेश स्तरमै पहिलो पटक क्लिनिकल अडिट भएको छ । 
 २०८२ पौष ७  देखि ९ गते सम्म न्युनतम सेवा मापदण्ड मापन र क्लिनिकल अडिट मापन गर्दा उक्त अस्पतालले ७० प्रतिशत प्राप्त गरेको जनाएको छ । न्युनतम सेवा मापदण्ड भने पुरानै हो जसमा मेथिनकोट अस्पतालले ७९ प्रतिशत  हासिल गरेको छ  । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय हेटौडाबाट डा. अंकुर पौडेल बकुलर रत्न नगर अस्पताल चितवनका निमित्त निर्देशको नेतृत्वमा डा. माधव पौडेल, मेडिकल अधिकृत–स्वास्थ्य निर्देशनालय हेटौडाका सुशील आचार्य, ःक्क् फोकल पर्सन रोशनी श्रेष्ठ, भक्तपूर अस्पतालका बबिता रेग्मी, ःक्क् अधिकृत आदिले मापन गरेका थिए । उक्त मापन पश्चात जानकारी दिन गरिएको कार्यक्रममा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद खनालको अध्यक्षता रहेको थियो । अध्यक्ष खनालले सकेसम्म आम नागरीकहरुलाई सरल र शुलभ रुपमा सेवा दिईएको बताए । विविध कठिनाई र भौतिक संरचनाको अभावका बिच स्वास्थय सेवा दिन कुनै कसुर बाँकी नराखिएको खनालले बताए । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. राम शरण श्रेष्ठ, ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खनाल, नमोबुद्ध नगरपालिकाका स्वास्थ्य शाखा  सह संयोजक  कर्म लामा, लगाएतका ब्यक्तिहरुले अस्पतालले दिएको सेवा सुबिधाका बारेमा मन्तब्य राखेका थिए । 
    कार्यक्रममा अस्पतालको सेवा गुणस्तर मापनमा अघिल्लो आर्थिक वर्ष ६७ प्रतिशत र यो आर्थिक वर्षमा ७९ प्रतिशत  सेवा गुणस्तरमा देखिएका राम्रा पक्ष र सुधार गर्नुपर्ने कुराको विशेष छलफल, र समग्र सेवा लाइ उन्नति र सुधार गर्न व्यवस्थापन समिति सक्रिय रहेको बताएका थिए ।