धुलिखेल/मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश ३ द्वारा आयोजित मानव अधिकार सम्वन्धी गोष्ठी तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य मन्त्री कार्यालयको सचिव लक्ष्मीप्रसाद गौतमले मानव अधिकारका बारेमा अनुशिक्षण गराएका थिए । जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्तिहरु तथा मानव अधिकार क्षेत्रमा कृयाशिल ब्यक्तिहरु सहभागि थिए । मानव अधिकार के हो ? मान अधिकारका अवधारणा के के छन् ? सिद्धान्तहरु के हुन् ? अन्र्तराष्ट्रिय दायित्व के हो ? राज्य प्रतिको दायित्व कस्तो छ ? नेपालमा मानव अधिकार संरक्षण सम्वन्धी ब्यवस्थाहरुका सम्वन्धमा जानकारी गराईएको थियो । राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार राष्ट्रिय कार्ययोजना, चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना, कार्ययोजनाका उदेश्य, कार्ययोजनाले समेटेका विषयहरु, कार्ययोजना कार्यान्वयनमा विभिन्न क्षेत्रहरुको भूमिका, नेपालमा मानव अधिकारको संरक्षण र सम्र्वद्धनमा भएका उपलब्धीहरु, चुनौती तथा समस्याहरु, समाधानका सम्भावित उपायहरुका बारेमा अनुशिक्षण गराईएको थियो । सहभागिहरुका जिज्ञासाका बारेमा सचिव लक्ष्मीप्रसाद गौतमले प्रष्ट पारेका थिए । मानव अधिकारका सम्वन्धमा प्रदेश सरकारले गर्ने कार्यका बारेमा गौतमले जानकारी गराएका थिए ।









