धुलिखेल/धुलिखेल नगरपालिका वडा न ११ मा प्रजनन् स्वास्थ्यमा सुधार, महिला सशक्तिकरण तथा स्वरोजगारका लागि महिलाहरुलाई सेनेटेरी प्याड बनाउने तालिम शुरु गरिएको छ ।
धुलिखेल नगरपालिका र ओरेक नेपालको आयोजनामा १० जना महिलाहरुलाइै स्वरोजगार बनाउने उद्देश्यले उक्त तालिम शुरु गरिएको नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताए । नगरपालिकाले मेयर गरिबी निवारण कोषको स्थापना गरी नगर भित्रका नागरिकहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु शुरु गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । सबै वडाका नागरिकहरुले प्रयोग गर्न सक्ने गरी सेनेटरी प्याडको उत्पादन शुरु गर्ने बताए । तालिममा सहभागीहरुले १५ दिने तालिम पश्चात नियमित रुपमा स्वरोजगार बनाउँदै अगाडी बढ्ने बताए । कार्यक्रममा उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष विष्णु काभ्रेली लगायतले मन्तब्य राखेका थिए । ओरेक नेपालका कार्यक्रम संयोजक बालिका कार्कीले महिलाहरुलाई सिप सिकाई आत्म निर्भर बनाउने अभियानमा स्थानीय सरकारसँग सहकार्य गरेर कार्यक्रम अगाडी बढाईने बताईन् । यस अघि धुलिखेल ११ मा दलित महिलाहरुलाई कृषि सम्वन्धी तालिम उपलब्ध गराईएको थियो ।









