2026 May 16/ 01:48: 30pm

    बनेपा/फोटो पत्रकार समुह काभ्रेले स्थापना दिवसको अवसर पारी बनेपामा चियापान तथा कोण सभा गरेको छ ।
    अध्यक्ष केशवराज पौड्यालले फोटो पत्रकार दिवसको महत्व तथा स्थापना दिवसको औचित्यका बारेमा जानकारी गराएका थिए । पत्रकार महासंघका प्रदेश ३ उपाध्यक्ष सुरेश हुमागाईले पत्रकारहरुको स्वतन्त्रताको दुरुपयोग हुन नहुने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले संहिता कानुन तथा विद्युत्ति कारोवार ऐनले पत्रकारहरुलाई पक्राउ गर्ने हतियार बन्ने गरेकाले ऐनको धाराहरु संशोेधन गर्नुपर्ने बताए । कार्यक्रममा जिल्लाका कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
    प्रेस चौतारी नेपालका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला, फोनिजका प्रदेश ३ अध्यक्ष पेमा लामा लगायतको सहभागिता रहेको थियो ।