2026 August 17/ 07:53: 40pm

        बनेपा/बनेपा पासा पुचःको ३५ आंै वार्षिक उत्सव तथा बनेपा पासा पुचः सिरपा सम्मान कार्यक्रम पासा पुचःका अध्यक्ष विक्रम प्रजापतिको सभापतित्वमा तथा नेपाल पत्रकार महासघं काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
        कार्यक्रममा पासा पुचःले बनेपा नगरपालिका भित्र २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट ल्याउने २ जना प्रकृति दुलाल र जिया खत्रीलाई पासा पुचः सिरपाबाट सम्मान गरेको छ । उनिहरुले एसईईमा ४ जिपिए ल्याई जिल्लामै उत्कृष्ट भएका थिए । उनिहरुलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा पासा पुचःका अध्यक्ष विक्रम प्रजापतिले ३५ वर्ष अघि आजाद माध्यमिक विद्यालयमा एसएलसी २०४८ ब्याजका विद्यार्थीहरु मिलि उक्त संस्था गठन भएको बताए । 
    संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दे प्रत्येक वर्ष एसएलसी÷एसईई उत्तिर्णलाई सम्मान गर्दै आएको बताए । संस्थाले शैक्षिक कार्यक्रम, बृक्षारोपण, रक्तदान, कविता, हाजिरीजवाफ लगाएतका थुप्रै सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने प्रजापतिले बताए । कार्यक्रमका प्रमुख अतिथी विनोद न्यौपानेले बनेपामा उक्त संस्था उदाहरणीय भएको बताए । 
    एसएलसी ब्याजहरु मिलि सामाजिक कार्यमा निरत्तर लाग्नु र शैक्षिक क्षेत्रमा योगदान गर्दै आएकोमा धन्यवाद दिएका थिए । न्यौपानेले आफुले संस्थाका लागी आवश्यक सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पासा पुचःका सुमन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।