2026 August 18/ 07:30: 41am

        रवि/धुलिखेल नगरपालिका वडा नम्बर २ मा रहेको सेतीदेवी माविमा अध्ययनरत एसएलसी ब्याच २०५५ का विद्यार्थीहरूले सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएका छन् । विद्यालयमा अध्ययनरत २०५५ ब्याजका विद्यार्थीहरू सरसफाई, जनचेतना, साक्षरता तथा वातावरणीय संरक्षणमा अग्रसर देखाउँदै विद्यार्थीहरूले सामाजिक सेवाका गतिविधिमा सक्रियता जनाएका छन । प्राकृतिक विपद्, सरसफाई अभियान तथा सामुदायिक कार्यक्रमहरू, बाढी, पहिरो वा आगलागीका घटनामा राहत संकलन, लत्ता कपडा, खाद्यान्न वितरण जस्ता कार्यमा सहयोग गर्दै आएको २०५५ ब्याजका विद्यार्थी राजन अधिकारीले बताए । 
            सरसफाई अभियान, वृक्षारोपण कार्यक्रम, रविमै रहेको छाप खोल्सा पँधेरो पुनर्निमार्ण, धारा निर्माण, बैदेशिक रोजगारमा ज्यान गुमाएका काजीमान तामाङको परिवारलाई आर्थिक सहयोग, गाउँमै गोठमा आगलागी भएका परिवारलाई आर्थिक सहयोग, सेतीदेवी विद्यालयमा सरस्वतीको मन्दिर निर्माण लगायत कार्यहरु गर्दै आएको २०५५ ब्याचका विद्यार्थी तथा वडा अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।  विद्यार्थीहरूको यो सकारात्मक सक्रियतालाई स्थानीयवासीहरूले स्वागत गरेका छन् । समाजसेवाको भावना बोकेका विद्यार्थीहरूले समय अनुसार आफ्नो भूमिका परिवर्तन गर्दै जिम्मेवार नागरिकका रूपमा देश र समाजको हितमा लाग्ने विश्वास लिइएको स्थानियले बताए । 
उक्त ब्याचमा अध्ययन गर्ने विद्यार्थीहरु विभिन्न क्षेत्रमा कार्यरत भएता पनि सामाजिक कार्यका लागी एक हुने प्रतिबद्धता गरिएको वडा अध्यक्ष अर्जुन न्यौपानेले बताए । उक्त ब्याजले आगामी दिनमा समेत विभिन्न सामाजिक कार्य गर्ने राजन अधिकारीले बताए ।