2026 August 19/ 09:06: 41am

           बनेपा/पतंजलि योग समिति काभ्रेको आयोजनामा महाशिबरात्रीको अबसरमा श्रीमाई चण्डेश्वरी मन्दिरको प्राङ्गगढमा अखण्ड गायत्री मन्त्र महा मृत्युन्जय जप तथा यज्ञको आयोजना गरेको छ । 
         पतंजललि योग समिति बागमति प्रदेशका अध्यक्ष ग्रुबेन तौजलेले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । तौजलेले पतंजलि योग समिति काभ्रेले प्रत्येक वर्ष महा शिबरात्रीको दिनमा अखण्ड गायत्री तथा यज्ञ गर्र्दै आएको बताए । कार्यक्रममा बागमती प्रदेश सांसद कन्चन चन्द्र बादे, बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु, पतंजली योग समिति वागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले, पतंजली योग समितिका पदाधिकारीहरु, योग शिक्षकहरु, योग साधकहरु लगायतको उपस्थिती रहेको सञ्चार प्रभारी मिलन श्रेष्ठले बताए । उक्त कार्यक्रम संयोजक महिला पतंजली समितिका महामन्त्री लक्ष्मी उलकले गरेकी थिईन् ।