2026 August 19/ 08:50: 05am

    बनेपा/काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको आठौ बार्षिक साधारण सभा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शिवप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघले गरेका गतिविधि र आगामी कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । 
    कार्यक्रममा संघका केन्द्र तथा विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बनेपा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, जिल्ला उपाध्यक्ष श्यामकुमार मुनाल भालु श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य संघका सचिव कृष्णलाल सुद्धाकार लगायतले पार्टी प्यालेस तथा क्याटरिङ्ग सेवाको गुणस्तर, खाद्य स्वच्छन्दता लगायतका विषयमा ध्यान दिनु पर्ने बताएका थिए । पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहमा पार्टी प्यालेस र क्याटरिङ्ग सेवा विस्तार भएको छ । सेवासँगै गुणस्तर र सहजताका लागि नागरिकहरुले ब्यक्त गरेको चासोलाई सम्बोधन गरिने अध्यक्ष शिवप्रसाद तिमल्सिनाले बताए ।