2025 January 19/ 05:26: 19am

            धुलिखेल/जनचेतना युवा समुह धुलिखेल–८ बडाल गाउँको ३० औं साधारण सभा संस्थाका अध्यक्ष रमेश प्रसाद न्योेपानेको सभापतित्वमा तथा धुलिखेल नागरपालिकाका प्रमुख  अशोक कुमार ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  
         कार्यक्रमका प्रमुख अतिथी ब्याञ्जुले बिकास सबैको साझा हो भन्ने चेतना फैलाउँदै एकताबद्ध भइ अघि बढेमा विकास र समृद्धि तीब ्ररूपमा हुने बताए । संस्थाले स्थानीय ब्यक्तीको बिश्वास जितेकै कारण वडाको समग्र बिकासमा समन्वयात्मक भुमिका र संस्थाको स्थायीत्व सम्भव भएको ब्याञ्जुले बताए । साधारण सभामा वडा अध्यक्ष बिनोद गौतम, संस्थाका संस्थापक अध्यक्ष उद्धब प्रसाद बडाल, पूर्व अध्यक्ष साधुराम बडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०५३ सालमा स्थापना भएको संस्थामा हालसम्म १ सय ४७ आजीवन सदस्य रहेका छन् । एक हजार एक तिरेपछि आजीवन सदस्य बन्न सकिने अध्यक्ष रमेश न्यौपानेले बताए । सभामा संस्थाका उपाध्यक्ष रमेशप्रसाद बडालले स्वागत मन्तव्य राखेका थिए  । सचिव नवराज बडालले बार्षि प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवीन बडालले आ.ब २०८०/०८१ लेखापरीक्षण प्रतिवेदन  प्रस्तुत गरेका थिए । संस्थाको ६५ हजार ७ सय २३ आय ब्यय विवरण  रहेको बताईएको थियो ।