2025 January 19/ 06:01: 34am

      काभ्रे/गरिमा विकास बंैकको बनेपा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
         बैंकको तर्फबाट शाखा प्रबन्धक उमेशराज गिरीले जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख विकास कुमार तामाङलाई कम्प्यूटर हस्तान्तरण गरे ।  स्याङ्जाको वालिङबाट सुरुवात भएको बैंकको केन्द्रिय कार्यालय लाजिम्पाटमा रही देशैभरी १ सय २३ वटा शाखा, १ वटा एक्स्टेन्सन काउन्टर र ५१ वटा एटीम मेसिन सहित करिब ८ लाख २५ हजार भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्दै आईरहेको छ । बनेपाको चारदोबाटोमा रहेको बनेपा शाखाले काभे्र, भक्तपुर, सिन्धुपाल्चोक क्षेत्रका ग्राहकहरुलाई   सेवा प्रवाह गर्दै आईरहेको जानकारी शाखा प्रबन्धक गिरीले दिए । उक्त बैंकले नाफामुखी मात्र नभई समाजमा हित हुने सामाजिक उत्तरदायित्वका कामहरु देशैभरीबाट गर्दै आईरहेको छ । यस सहकार्यले जिल्ला भरी भएका ट्राफिक नियम उल्लंघनको रेकर्ड, राजश्व संकलन तथा अन्य कार्यालयको प्रशासनिक कामकाजमा सहजता हुने जिल्ला ट्राफिक प्रमुख तामाङले बताए ।