बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
स्थापनाको अवसरमा साकोस र नेपाल रेडक्रस सोसाईटी चण्डेश्वरी उपशाखाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान गरेको छ । उक्त रक्तदानमा ४१ जनाले रक्तदान गरेका छन् । मनकामना साकोसको ३० औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदानको आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताए । संस्थाले विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै आएको दाहालको भनाई रहेको थियो । रक्तदान कार्यक्रममा मनकामना साकोसका सल्लाहकार बालकृष्ण दाहाल, उपाध्यक्ष विदुर घिमिरे, सञ्चालक सदस्य मुक्ति तिमल्सिना लगाएतको सहभागिता रहेको थियो ।
रक्तदानसँगै साकोसले बनेपा नगरपालिका वडा नम्बर ३ मा रहेको प्रभात माध्यमिक विद्यालय र बनेपा ९ मा रहेको काभ्रे बहिरा विद्यालयलाई ड्रम सेट, ह«ावाईट बोर्ड, स्टेश्नरी लगायतका सामाग्री प्रदान गरेको बताएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत आगामी दिनमा समेत सामाजिक कार्यहरु गर्दै जाने सल्लाहकार बालकृष्ण दाहालले बताए ।