2026 August 21/ 06:43: 27pm

धुलिखेल/जिल्ला प्रशासन कार्यालय धुलिखेलले सेवाग्राहीहरुका लागि निःशुल्क १८१०५०००३७७ नम्वरको टोल फ्रि संचालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले टोल फ्रि नम्वर दैनिक विहान ८ बजे देखि साँझ ६ बजेसम्म संचालन हुने जानकारी गराईन् । 
    सेवाग्राही नागरिकहरुले तत्कालै फोनबाट प्राप्त गर्ने सेवा सोहि नम्वरबाट प्राप्त गर्नेछन् भने फोनबाट आवश्य सूचना परामर्श लिएर अर्थात हुन नसकेका कामका बारेमा समेत जानकारी गराएर सेवा लिन सक्ने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी गराईन् । नागरिकहरुलाई सहज र सरल सेवाका लागि उक्त सेवा उपलब्ध गराईएको उनले बताईन् । 
    जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नम्वर संचालन गरिएको बताईएको छ । टोल फ्रि नम्वरमा कल गर्दा सेवाग्राहीलाई शुल्क नलाग्ने र जुनसुकै सेवा प्रदायकको सिमबाट पनि सम्पर्क गर्न सकिन्छ ।