बनेपा/जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४० औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम बरिष्ठ कवि तथा कलाकार नरेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी श्रेष्ठले जनमतले देशभरकै साहित्यकारहरुलाई समय समयमा सम्मान गर्दै आएकोमा धन्यबाद दिएका थिए भने आगामी दिनमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । वाङ्मय प्रतिष्ठानले जुन उदेश्य लिएर सम्मान र साहित्यक मासिक पत्रिका प्रकाशनमा साहित्यकारहरुको श्रृजना समेटेर साहित्यकारहरुको सम्मान भएको श्रेष्ठले बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले २०३९ सालमा जनमतको साहित्यक पाक्षिक पत्रिका प्रकाशन गरेको र २०४५ सालदेखी हाल सम्म निरन्तर मासिक साहित्यिक पत्रिका प्रकाशनमा निरन्तरता दिन सफल भएको बताए । जनमत मासिक पत्रिका ३१८ अंक प्रकाशन भएको छ । हालससम्म प्रतिष्ठानबाट २१९ जना साहित्यकारहरुलाई सम्मान गरिएको छ । प्रतिष्ठानमा विभिन्न सहयोगीहरुले उपलब्ध गराएको सहयोग रकमलाई मुद्दति कोष स्थापना गरिएको र उक्त कोषबाट नै सम्मान गरिँदै आएको अध्यक्ष दुवालले बताए । कार्यक्रममा २०७९ सालको प्रतिभा सम्मानबाट १५ विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
विभिन्न विद्याबाट सम्मानित हुनेहरुमा प्रा.डा.लक्ष्मण प्रसाद गौतम (वाग्लुङ) प्रमोद प्रधान (मोरङ) प्रा.डा.अभि सुवेदी (तेह«थुम), राजेश खनाल (महोतरी), नर्मदेश्वरी सत्याल (सङखुवासभा), लक्ष्मी माली (काठमाडौ), रविन्द्र श्रेष्ठ (भक्तपुर), बाबुराम श्रेष्ठ (मोरङ), मेरिना स्मृति (काठमाडौ), गगांदेवी कसजू (वागलुङ), रामकृष्ण कर्माचार्य (ललितपुर), महेश पौड्याल (झापा), प्रा.डा. सिर्जना श्रेष्ठ (काठमाडौ), दिनेश गुप्ता (पर्सा), रामराजा धौभडेल (काभ्रे) सम्मानित भएका थिए ।
कार्यक्रमको सभापतित्व जनमतका मानार्थ संरक्षक राजभाई प्रधानले गरेका थिए । कार्यक्रममा सम्मानित कविहरुले कविता बाचन गरेका थिए ।









