धुलिखेल/धुलिखेल नगरपालिकामा ईयूको आर्थिक सहयोग र नगर विकास कोषको समन्वयमा नगर स्तरीय वित्त तथा क्षमता विकास कार्यक्रम शुरु हुने भएको छ । स्मार्ट शहरको अवधारणा अनुसार धुलिखेलले हरेक कार्यहरुलाई प्रविधीसँग जोडिरहेको छ । सोहि अभियान अन्र्तगत उक्त कार्यक्रम प्रारम्भ गरेको हो ।
नगरस्तरीय वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गतको आईसिटीमा आधारीत नगर सेवा प्रणालीका लागि एसिया प्यासिफिक अन्र्तराष्ट्रिय साझेदार ईयुका प्रमुख मोरियो रोन्कोनी तथा नगर प्रमुख अशोक ब्यान्जुले संयुक्त रुपमा सेवा शुभारभ गरेका छन् । उक्त कार्य एसिया प्यासिफिक अन्र्तराष्ट्रिय साझेदार ईयुका लिबुसे सुकोपोभा, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा, ईयु नेपालका टिम लिडर एलोईसा अस्टुडिलो र मिम हमाल, उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
सम्झौता पछि बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई स्मार्ट शहरका रुपमा विकास गर्न नगरपालिकाले प्रदान गर्ने हरेक सेवालाई प्रविधी मैत्री बनाउने अभियानमा उक्त कार्यक्रम थप प्रभावकारी र सहयोगी बन्ने बताए । साथै नगर प्रमुख ब्याञ्जुले ईयु र नगर विकास कोषलाई धन्यवाद दिदै आगामी दिनमा अन्य कार्यक्रममा समेत सहकार्यका लागि आब्हान गरेका थिए । कार्यक्रममा एसिया प्यासिफिक अन्र्तराष्ट्रिय साझेदार ईयुका प्रमुख मोरियो रोन्कोनीले धुलिखेलसँग उक्त कार्यक्रमका बारेमा सम्झौता गर्न पाएकोमा खुशी ब्यक्त गरे । धुलिखेल दिगो विकास लक्ष्यका हरेक सुचकहरुमा काम गरिरहेकाले केहि सूचकहरु पुरा पनि भईसकेका छन् । नागरिकहरुलाई सेवा दिन सहज पार्ने उदेश्यले गरिएको सम्झौताको सफल कार्यान्वयनका लागि उनले सुझाव दिए ।









