2026 August 23/ 07:09: 36pm

    धुलिखेल/धुलिखेलमा रहेको हरिसिद्धि आधारभुत विद्यालयको पुनर्निर्माण गरिने भएको छ । धुलिखेलका अधिकांश विद्यालयहरु भुकम्प पछि पुनर्निर्माण भए पनि हरिसिद्धि मावि पुनर्निर्माण भएको थिएन । 
    ‘हरिसिद्धि आधारभुत विद्यालयको पुनर्निर्माणका लागि प्रारम्भिक सहमति भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘हङकङ विश्वविद्यालय र धुलिखेल नगरपालिका बीचको संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ ।’ सहमतिलाई सम्झौता मार्फत निर्माण कार्य प्रारम्भ गर्ने छलफल टुङ्गो लागेको छ । धुलिखेल नगरपालिका र विश्वविद्यालय बीच ९७ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण हुनेछ । नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, हङकङ विश्वविद्यालयको टिम र सोहि टिमसँग स्थानीय सहकार्य गर्ने ब्यक्तिहरुको सहभागिता रहेको थियो ।