बनेपा/अखिल नेपाल महिला संघ बनेपा नगर कमिटीको दोश्रो नगर अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री, प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
दोश्रो नगर अधिबेशन अध्यक्ष राजनकुमारी बैदारको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनको उद्घाटन सत्रमा एमालेका प्रदेश, जिल्ला र नगर तहका नेताहरुको सहभागिता रहेको थियो । अधिबेशनको बन्दसत्रले समिता थापाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कमला अवाल, सचीव ज्योती बोगटी, उप–सचीव कबिता थापा, कोषाध्यक्ष यशोदा शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा कमला लामिछाने, रिना श्रेष्ठ, पार्वती घिमिरे, जमुना घिमिरे, रामप्यारी दाहाल, ईश्वरी हुमागाई दाहाल, सुर्यमाया श्रेष्ठ, सिता पराजुली, ज्ञानु मिजार, लिला कार्की, संगिता बौदार, गोपिनी हुमागाई, सकुन्तला बन्जारा, लक्ष्मी श्रेष्ठ कायश्थ, सावित्री मानन्धर, सिंजा रंजितकार, दुर्गा कार्की, पुजा डङ्गोल, विन्दा मानन्धर, शुशिला खड्का अधिकारी, सुनिता दाहाल, दुर्गा थापा, रोजिना राउत, गंगा शर्मा, सुनिता सुनुवार, गोमा खत्री, पवित्रा तामाङ र अनुराधा मगर निर्विरोध निर्वाचित भएका छन् ।









