2026 August 24/ 08:44: 30am

            पनौती/पनौती जेसीजले माधवनारायण समुहलाई शंख र टोपी उपलब्ध गराएको छ । पनौती जेसीजको आयोजना तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौतीको सहयोगमा शंख र एक सय वटा टोपी वितरण गरिएको पनौती जेसीजका अध्यक्ष सिजन सुधाकारले जानकारी दिए । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, पनौती जेसीज वोर्ड अफ ट्रसका अध्यक्ष राजेशकुमार श्रेष्ठ, पनौती जात्रापर्व मुल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्य, वडा सदस्यहरु राम भुजु, श्याम बस्नेत, माधवनारायण समुहका संयोजक लगायत सदस्यको उपस्थिती रहेको कार्यकारी उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जेसिज आस्था पाठ इन्दिरा नापितले गरेकी थिइन् । कार्यक्रममा बोल्दै जेसीज पनौतीका अध्यक्ष सुधाकारले धरोहरका रुपमा रहेका धार्मिक संपदा संरक्षण अभियानमा जेसीजले रहेको बताएका छन । यस्तै वडा अध्यक्ष ताम्राकारले विश्वसम्पदामा सुचीकृतको क्रममा रहेको पनौतीलाई संपदा संरक्षण कार्यक्रमले सहयोग पुग्ने बताए ।