2026 May 20/ 07:40: 31pm

    बनेपा/जाजरकोट जिल्लामा केन्द्र बिन्दु बनाएर गएको विनाशकारी भुकम्पमा परी ज्यान गुमाउने प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य स्थितिमा राहत मिलोस भन्ने उदेश्यले बनेपा बसपार्क ब्यवसायी समाजले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ 
     रक्तदान कार्यक्रममा २७ जनाले रगत दान गरेका थिए । कार्यक्रममा समाजका अध्यक्ष राधेश्याम  काफ्ले, उपाध्यक्ष सुनिता तामाङ, सचीव राजेन्द्र सापकोटा र कोषाध्यक्ष अशोक शिं लगायतको सहभागिता रहेको थियो ।