2026 May 20/ 06:50: 27pm

बनेपा/झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष टिकाराम मानन्धर, सचिव दिपा मानन्धर, कोषाध्यक्ष नवराज मानन्धर, लेखा सुपरिवेक्षण समितिका संयोजक पुरुषोतम मानन्धरले संस्थाले गरेका गतिविधीहरुका बारेमा जानकारी गराएका थिए । संस्थाको बन्द सत्रले पुनः बुद्धरत्न मानन्धरको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष टिकाराम मानन्धर, सचिव दिपा ताम्राकार मानन्धर, कोषाध्यक्ष नवराज मानन्धर रहेका छन् । सदस्यहरुमा सौगल मानन्धर, आईतनारायण मानन्धर, उषा मानन्धर, मोहनकाजी मानन्धर, बुद्धलक्ष्मी मानन्धर रहेका छन् । लेखा समितिमा बुद्धकाजी मानन्धर संयोजक र दिलकाजी मानन्धर तथा विजय मानन्धर सदस्य रहेका छन् । संस्थाले एक वर्षको अवधीमा १३ सय ९१ सदस्यबाट ६ करोड ६४ लाख १ हजार २ सय ३४ बचत गरी ७ करोड ३६ लाख ८८ हजार ५ सय १० ऋण लगानी गरेको छ । संस्थाको शेयर पुँजी १ करोड ३९ लाख रहेको कोषाध्यक्ष नवराज मानन्धरले जानकारी दिए ।