2026 May 20/ 05:49: 28pm

धुलिखेल/धुलिखेल अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको दोश्रो सम्मेलन बुधबारबाट शुरु भएको छ । सम्मेलन शुरु हुनु अघि आयोजित कंग्रेसमा विभिन्न क्षेत्रबाट सहभागि स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुले पछिल्लो अवस्थाका बारेमा अन्र्तक्रिया गरेका थिए ।     सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए । 
    नेपाल र जर्मनमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु सहभागि संस्थाद्वारा आयोजित संस्थाले नेपाली महिलाहरुको जीवन स्वस्थ बनाउने अभियानमा सघाउ पु¥याउँदै आएको छ । ‘महिलाको स्वास्थ्य र स्वस्थता सम्वद्र्धन गर्ने’ नारा सहित यो वर्ष (सन् २०२३) मा दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । यस अघि सन् २०१७ मा दुई दिने पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो ।
    सम्मेलनमा निःसन्तान, रजनोवृत्ति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तश्राव, स्त्री रोग सम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मास पलाउने, असामान्य महिनावारी बारे छलफल भएको थियो । सम्मेलनपूर्व सम्मेलनका सहभागीहरुलाई स्त्री रोग सम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया सीप अभिवृद्धिका लागि तीन दिने सैद्धान्तिक एवं व्यवाहारिक तालीम उपलब्ध गराईएको थियो । देश भरिका १ सय जना विशेषज्ञहरुको सहभागिता रहेको उक्त सम्मेलनमा नेपाल र जर्मनका १ दर्जन विशेषज्ञहरुले प्रस्तुती दिएका थिए । सम्मेलनपछि सम्मेलनका सहभागीहरुले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा सघाउ पुु¥याउने अपेक्षा राखिएको धुलिखेल अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा.आभा श्रेष्ठले जानकारी दिईन् । 
    धुलिखेल अस्पतालले केहि वर्ष अघि देखि नै गर्भवति महिलाहरु तथा अन्य रोगमा अप्रेसन गर्नु पर्दा सानो सानो प्वाल मार्फत घाउ नबनाई गरिएको उपचार विधी, त्यसले विरामी तथा चिकित्सकहरुलाई हुने फाईदाका बारेमा पनि सम्मेलनमा जानकारी दिईएको थियो ।