2026 May 20/ 05:48: 57pm

    बनेपा/समुदायमा आधारित सहकारी संस्था बुडोल सामाुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष केसीले विश्वब्यापी आर्थिक मन्दी र राष्ट्रिय आर्थिक गतिविधिमा संकुचन आईरहेको वर्तमान परिदृष्यमा पनि यस साकोसले बचत संकलन र ऋण लगानीमा अक्ष्य अनुरुप प्रगती गर्न नसके पनि निर्धारित वित्तिय मापदण्डलाई खस्कन नदिएको बताउनु भयो । संस्थागत पुजीं गत वर्ष भन्दा ३ करोडले बृद्धि भई १४ करोड पुगेको केसीले बताउनु भयो । सदस्यहरुलाई कारोबार गर्दा सहकारीको कारोबार हेरेर मात्रै कारोबार गर्न सुझाब दिनु भयो । कार्यक्रममा संस्थाको २०७९÷८० को वार्षिक प्रतिबेदन सचिब जयराम थापाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राधेश्याम केसीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा १७ हजार ७ सय ६७ सदस्य आबद्ध रहेको, बचत १ अर्ब ४३ करोड ३६ लाख ५३ हजार, कुल सम्पत्ति १ अर्व ८२ करोड ७६ लाख ४६ हजार, ऋण लगानी १ अर्व ३२ करोड ३२ लाख १ हजार,  शेयर पुजीं १५ करोड ८९ लाख २७ हजार रहेको जनाएको छ । त्यसै गरी संस्थाको संसथागत पुजीं १४ करोड ३० लाख ६२ हजार, कुल आम्दानी २५ करोड २३ लाख ९७ हजार खर्च १७ करोड ८९ लाख १२ हजार कुल नाफा ७ करोड ३४ लाख ८४ हजार भएको जनाएको छ । कार्यक्रममा संस्थाले टुकुचा जागरण सेवा केन्द्र नाला, धुलिखेल सेवा केन्द्र, बनेपा जनमैत्री सेवा केनद्र, र पाँखाल सेवा केन्द्र र मुख्य कार्यलय बनेपा बुडोल बाट सेवा दिदै आएको बताएको छ । 
    संस्थाले दुर्घटना विमा कार्यक्रम, सदस्य शिक्षा शिविर, विद्यालयमा बुसा कार्यक्रम,महिला भेला, एसईई सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान, निशुल्क स्वास्थ्य शिबिर, सक्षमता विकास शिबिर, कौसिखेती तालिम, सरसफाई कायृक्रम, लगाएतका विभिन्न सदस्य मुखि कार्यक्रमहरु गर्दे आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले वताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पिएन कोईरालाले राख्नु भएको थियो ।