2026 May 20/ 03:30: 00pm

पनौती/नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा पनौती स्थित प्राणनाथ वृद्धा आश्रममा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
     शिविरमा मेडिसिन, अर्थो, दन्त, नाक, कान, घाँटी, आँखा रोग, छाला रोगको निःशुल्क उपचार तथा परामर्श सेवा उपलब्ध गराइएको थियो । श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल, इलाका कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोरा, पनौती प्रहरी चौकी इन्चार्ज रामहरी रिजाल लगायतको उपस्थिती रहेको थियो । शिविरमा १ सय ७१ जनाले सेवा लिएका छन ।