2026 May 20/ 03:20: 56pm

          बाँसडोल/बाँसडोल सामुदायीक बहुउद्देश्यीय सहकारी संस्थाको १७ आंै स्थापना दिवस जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
         संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाको २०८० साउन सम्मको प्रगती विवरण संस्थाका ब्यबस्थापक अनन्त तिमल्सिनाले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल निक्षेप १३ करोड ४२ लाख, शेयर पुँजी २ करोड ९ लाख, ऋण लगानी १४ करोड ५० लाख  र सदस्य संख्या २ हजार २ सय ६४ रहेको तिमल्सिनाले बताउनु भयो । संस्थाले मृतक राहतकोष, सुत्केरी भेटघाट, सिपमूलक तालिम प्रदान, विभिन्न फुलका विरुवाहरुको नर्सरी स्थापना गरिएको, संस्थाको नाममा ८ आना जग्गा रहेको र आगामी वर्षमा भवन निर्माण गर्ने योजना रहेको बताउनु भयो । 
             कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा सभापति रघुनाथ हुमागाई, बनेपा नगरपालिका वडा नम्बर १२ का वडा सदस्य यशोदा शर्मा सामुदायिक साकोस पनौतीका सचिव मुकुन्द शर्मा, नेशनल को अपरेटिभका विवेक राज ठकुरी, संस्थाका कोषाध्यक्ष कल्पना कँुवर, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाको स्थापना दिवसका अबसरमा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रत्तदानको आयोजना गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सञ्चालक गोकुल कुँवरले राख्नु भएको थियो भने सञ्चालन सचिव रामकृष्ण कुँवरले राख्नु भएको थियो ।