2026 May 20/ 02:28: 47pm

काभ्रे/नेपाल शिक्षक महासंघ महासंघ केन्द्रको घोषित ७५३ ओटै स्थानीय तहमा विभिन्न माग सहित ध्यानकर्षण गराएको छ । 
काभ्रेमा पनि १३ वटै स्थानीय तहमा महासघंले ध्यानाकर्षण गराएको छ । गत आईतबार सबै पालिकामा महासंघको संयोजकत्व तथा सम्पूर्ण शिक्षक एवं कर्मचारीहरुको उपस्थितिमा पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो । महासंघले ५१ बुँदे ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको शिक्षा विधयेकमा भएका केहि बुँदाहरुलाई संशोधन गर्न र समायोजन गर्नुपर्ने बताएको छ । महासंघका सचिव बासु थापाले आईतबार सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको र मंगलबार शिक्षा तथा समन्वय ईकाइमा धर्ना दिईएको बताउनु भयो । उक्त धर्नामा जिल्लाका सबै शिक्षक संघ संगठनको सहभागिता रहेको जनाएको छ ।