2026 May 20/ 02:09: 28pm

बनेपा/शिरमेमोरियल अस्पतालको अपरेशन क्लस्टरको आयोजनामा अरनिको राजमार्ग दाँयाबाँया सरसफाई गरेको छ । 
अस्पतालका बरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाले अस्पतालले स्वास्थ्य सँगै सरसफाई अभियान पनि सञ्चालन गर्दै आएको बताउनु भयो । अस्पतालमा भुकम्प वा कोरोना लगायतका महामारीसँगै विरामीहरुलाई गुणस्तरीय सेवा दिँदै आएको उक्त अस्पतालले सरसफाई अभियान पनि सगै लगेको थापाले बताउनु भयो । अस्पतालले ६–६ महिनामा सार्वजनिक क्षेत्र, सडकको दायाँबायाँ सरसफाई गर्दै आएको, केहिदिन अघि शिरमेमोरीयल मार्ग बनेपाको चारदोबो हुँदै अस्पताल सम्म सरसफाई गरेको थियो भने साउन १७ र १८ गते बनेपाको वडा नम्बर ७ र ८ अरनिको राजमार्ग पुलबजार देखी बुडोलको उकालो उग्रचण्डी पेट्रोलपम्प सम्म सडकको दाँयाबाँया सरसफाई गरेको बताउनु भयो । सरसफाई अभियानमा अस्पतालका लुगाधुने, सरसफाई, यातायात, सुरक्षा, मर्मत र ग्राहाक सेवा डिपार्टका कर्मचारी तथा स्थानियको समेत सहभागिता रहेको थियो । अबको केहि दिनमै अन्य ठाउँमा सरसफाई गर्ने, स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका विभिन्न सामाजिक कार्य गर्ने बरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाले जानकारी दिनु भयो । 

यसैगरी शिरमेमोरियल अस्पतालको आयोजनामा हिमालय माविमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । शिविरमा ३६५ जनाले दाँत परिक्षण गरेका थिए । शिविरमा वनेपा नगरपालिका वडा नम्बर ५ का वडा  अध्यक्ष बलराम अधिकार, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष होम प्रसाद तिमल्सिना, प्रध्यानाध्यापक धुर्व प्रसाद भट्टराई, अस्पतालको टिम लगायतको सहभागिता रहेको थियो । दाँत परिक्षण पश्चात विद्यार्थीहरुलाई मन्जन, ब्रस साबुन लगायतका सररसफाईका सामाग्रीहरु वितरण गरिएको ब्यवस्थापन समिति अध्यक्ष होमप्रसाद तिमल्सिनाले बताउनु भयो । विद्यालयले समय समयमा यस्ता कार्यक्रमहरु गर्दे जाने तिमल्सिनाले बताउनु भयो ।