लक्ष्मण तिमल्सिना/बनेपा
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काभ्रेले २०७९ सालमा एसईई उत्तिर्ण विद्यार्थी, बिषयगत शिक्षक र उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ ।
प्याब्सन अन्र्तगतका सदस्य विद्यालयहरुबाट उतिर्ण भएका ३.६५ देखी ३.९५ जिपिए ल्याउने २ सय ९१ जना विद्यार्थी, विषयगत उच्चतम औसत जिपिए हासिल गर्न सफल बिद्यालयका विषय शिक्षक तथा शिक्षिकहरु र विद्यालयलाई सम्मान गरिएको प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले जानकारी दिनु भयो । जिल्लामा १२ जना विद्यार्थीहरुले ३.९५ जिपिए ल्याएका थिए । ति मध्ये संस्थागत विद्यालयका ९ जन छन् । बनेपाको सिदार्थ माविका निहिप श्रेष्ठ, प्रगती प्रभात एकेडेमी बनेपाका रंजित तामाङ र सुनिम फुँयाल, मण्डन भ्याली मण्डन देउपुरका आरजु श्रेष्ठ, नमस्ते ईङ्गलिस स्कुल पाँचखाल ९ का आयुष पौडेल, क्षितिज ईङ्गलिश बोर्डिङ्ग बनेपाका श्रेयासेवी श्रेष्ठ र विद्यासागर माविका सवल गौतमले ३.९५ जिपिए ल्याएका थिए । त्यसै गरी विषयगत उच्चतम औसत जिपिए ल्याउन सफल १० वटा विषयका १६ शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । नाईटिङ्गगेल एकेडेमीबाट प्रिन्सिपल उमा बस्नेतलाई अंग्रेजी, सोहि विद्यालयका कम्प्युटर शिक्षक रविन ताजपुरीयालाई कम्प्युटर, एभरेष्ट एकेडेमी बनेपाकी संगिता दाहाललाई नेपाली, लिंकन ईन्टरनेश्नल बनेपाका आशिष थपलिया गणित, प्रगती प्रभात एकेडेमी बनेपाका अर्जुन फुँयाल सामाजिक, बाल विकाश विद्यामन्दिर बनेपाका मोहन थापा जनसंख्या तथा बाताबरण, मण्डन भ्याली स्कुल मण्डन देउपुरका विवेक गिरी अतिरिक्त गणित र सोहि विद्यालयका कृष्णप्रसाद भट्टराईलाई वातावरण विज्ञान विषयका शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै अन्य विषयमा ग्रेसल्याण्ड साँगाकी रिना श्रेष्ठलाई लेखा, बेलर स्कुल बनेपाका सुमन कुँवर कम्प्युटर, बाल विकास विद्या मन्दिर धुलिखेलका प्रधुम्न पौडेल कम्प्युटर, विकटेश्वर स्कुल भैसेपाटीका उषा भुजेल कम्प्युटर, लिन इन्टरनेशनल बनेपाका सरोज कार्की कम्प्युटर, मण्डन भ्याली एकेडेमीका मुकुन्द अधिकारी कम्प्युटर विषयका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उच्चतम् जिपिए ३.६८ ल्याउन सफल बाल विकास विद्यामन्दिर विद्यालयलाई सम्मान गरिएको थियो । प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुंगाना लगायतका अतिथीहरुले विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रिय महासचिव आरवी कटुवाल, उप महासचिव भिमसेन केसी, सचिव हिरा शर्मा नेपाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, ईलाका प्रहरी कार्यालयका प्रमुख डिएस्पी रेशम बोहोरा, प्याब्सन काभ्रेका उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङ्गले राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले प्याब्सनले यसअघि पनि सम्मान गर्दै आएको र उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । प्याब्सन अन्र्तगतका ५१ वटा सदस्य विद्यालयहरुबाट १ हजार ४ सय ६३ जना विद्यार्थीहरु एसईईमा उत्तिर्ण भएका थिए ।





