2026 May 20/ 11:32: 27am

काठमाडौ/विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति वागमती प्रदेश सभा तथा दोश्रो अधिवेशन बागमती प्रदेश अध्यक्ष प्रवीण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । 
    केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, बागमती प्रदेश मन्त्री रामकृष्ण चित्रकार, महासचिव रामचन्द्र तिवारी, ब्यासाचार्य किशोर कुमार गौतम, केन्द्रीय पदाधिकारी, सदस्यहरु लगायतका धर्मानुरागी महानुभावहरुको सहभागिता रहेको थियो । बागमती प्रदेशका १३ वटै जिल्लाहरु बाट सक्रियताका साथ उपस्थित रहेको उक्त अधिबेशनबाट विश्व हिन्दु महासंघ बागमती प्रदेश कार्यकारिणी समिति निर्वाचित गरेको छ । जसमा अध्यक्ष प्रविण घिमिरे, उपाध्यक्षद्धय गृव आचार्य, मकवानपुर र बिष्णु वहादुर चन्द, ललितपुर रहनु भएको छ भने सचिब अर्जुन प्रसाद सापकोटा, काभ्रेपलान्चोक, सह सचिबद्धय पदम राज पाठक, दोलखा र नवराज घिमिरे, रामेछाप रहनु भएको छ । कोषाध्यक्ष हरि प्रसाद भट्ट , चितवन र सह कोषाध्यक्षद्धयमा विमला न्यौपाने, काठमाडौ र सह कोषाध्यक्ष साबित्र दाहाल लामिछाने, काभ्रेपलान्चोक रहनु भएको छ । सदस्यहरुमा कान्ता ढकाल , सिन्धुली, दिपक पौडेल, सिन्धुपाल्चोक, अप्सरा आचार्य, रसुवा, सरिता अधिकारी, नुवाकोट, श्याम गोपाल श्रेष्ठ, रामेछाप, केदारप्रसाद पौडेल, काभ्रेपलान्चोक, भिमप्रसाद तिमल्सिना, काभ्रेपलान्चोक, विन्दा लामिछाने, काठमाडौ, सपना पौडेल(वाग्ले), काठमाडौ, विनिता खड्का, काठमाडौ, चिरञ्जीवी शर्मा घोरासाइने, सिन्धुली, सिताराम वर्तौला, मकवानपुर लगायत ५१ सदस्यीय समिति निर्वाचित भएको छ । 
    नयाँ समितिले सम्पूर्ण प्रतिनिधि महानुभावहरु, आयोजक जिल्ला मकवानपुर, शोभा यात्रामा सहभागी बिभिन्न धार्मिक संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरु लगायत सम्पुर्ण प्रति विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति परिवार हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।