2026 May 20/ 11:32: 26am

    बनेपा/‘नैतिक, ब्यबाहारिक तथा ब्यबसायीक शिक्षाको लागी ज्ञानकुन्ज’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै विगत २१ वर्ष देखी बनेपामा संचालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने उदेश्यले एसईई दिएर बसेका बालबालिकाहरुका लागि खुल्ला रोडरेसको आयोजना गरेको छ । 
    तेश्रो पटक आयोजना गरेको रोडरेस प्रतियोगिता अन्र्तगता छात्राहरुलाई तीन किमी र छात्रहरुलाई ७ किमी लामो थियो । छात्राहरुले बनेपा तिनदोबाटो चोक देखि चण्डेश्वरी हुँदै विद्यालय प्राङ्गणमा आएर दौड समापन गरे भने छात्राहरुले पनौती बसपार्क देखि बनेपा स्थित विद्यालयमा आएर दौड समापन गरे । तेश्रो रोड रेसको उपाधी गणेश मावी भक्तपुरकी छात्रा कृतिका मधिकर्मी र छात्र विश्वमणी कुवँरले हात पारे । भालेश्वर मावि पनौती ८ मल्पीकी छात्रा कुशुम के.सी. र छात्र कृष्ण शाह दोश्रो भए ।  छात्रा कृतिका उप्रेती र छात्र रितिक श्रेष्ठ तेस्रो भए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १०÷१० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । छात्रा दौड तर्फको उद्घाटन बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले बनेपामा र छात्र तर्फको पनौती नगरपालिकामा नगर प्रमुख रामशरण भण्डारीले गर्नु भएको थियो । 
    समापन कार्यक्रममा राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी, विद्यालय संचालक सदस्य आत्माराम थापा, काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोरा लगायतले विद्यार्थीहरुलाई बधाई तगा शुभकामना दिनु भएको थियो ।  ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संचालक आत्मराम थापा, ज्ञानकुञ्ज कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, विद्यालयका सहायक प्रिन्सिपल रत्न खतिवडा लगायतको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा एसईई दिएर बसेका १ सय ५० जना विद्ययार्थीले सहभागिता जनाएका थिए । जसमा भक्तपुरका ८, सिन्धुपाल्चोकका एक जना थिए । विद्यालयले अध्ययनसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सांस्कृतिक, धार्मिक, साहित्य, खेलकुद तथा समाजलाई प्रत्यक्ष सरकोकार राख्ने सामाजिक सेवा र विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको छ । प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैधले सफल जिवनका लागी स्वास्थ्य, स्वास्थ्यका लागी खेलकुद भन्ने नारालाई आत्मसात गर्दै विद्यार्थीहरुलाई अनुशासित र एसईई सम्पन्न पश्चात विद्यार्थीहरुको अतिरिक्त समयमा अनावश्यक कुलत तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनिहरुलाई खेलकुद मार्फत सहि बाटो र अनुशासनमा राख्नको लागी प्रतियोगिताको आयोजना गरिएकोे बताउनु भयो ।