2026 May 20/ 11:15: 19am

    बनेपा/बनेपा र पनौती नगरपालिकाको आयोजनामा तथा हेल्भिटास्टको प्राविधिक सहयोगमा आगामी जेठ २६ र २७ गते लायकु मञ्च बनेपामा बृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुने भएको छ । 
    मेलाको ब्यवस्थापन गर्न बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबप्रसाद होमेगाईको संयोजकत्मा मुल आयोजक समिती गठन गरिएको छ । समितिमा पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, काभ्रे उद्योग वाणिज्य सघंका महासचिब रविन्द्र बैदार, नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिना, पनौती टेक्निकलका प्रमुख जेन्दि बादे, बनेपा प्राविधिक शिक्षालयका प्रमुख, घरेलु तथा साना उद्योग महासघंका प्रतिनिधि, सहयोगि रोजगार तथा मल्टी परपोजव प्रालिका संयोजक जुना केसी लगाएत रहनु भएको छ । मेलाको सल्लाहकार बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा उप प्रमुख विमला सापकोटा र पनौती नगरपालिका उप प्रमुख गिता बन्जारा रहनु भएको छ । मेलाको उदेश्य रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगार दाताहरुलाई एकै स्थानमा ल्याई योग्यता, आवश्यकता र क्षमता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने, बेरोजगार र रोजगारको तथ्याङक संकलन हुने, विद्यार्थी तथा युवाहरु बृत्ति परामर्श सेवाबाट लाभान्वित हुने, गृहिणी महिलाहरुलाई बृत्ति परामर्शबाट कामलाई बुझि सिप तथा ब्यबसायका बारेमा जानकारी लिन सकिने, रोजगार दाता सेवा प्रदायक सँग सिप र कामको खोजीमा रहेका युवाहरु विच नेटर्वकिङको विस्तार हुने जनाएको छ । उक्त मेलामा युवा, गृहिणी महिला र विद्यार्थीहरुलाई लक्षित गरिएको जनाएको छ । अन्र्तक्रिया कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो भने अध्यक्षता बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उप प्रमुख विमला सापकोटाले राख्नु भएको थियो । अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला ब्यक्ति तथा संघ सस्थाका प्रतिनिधिहरको सहभागिता रहेको थियो ।