बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनमा भएको दोस्रो वागमती खेलकुद २०८० मा काभ्रेको तेक्वान्दो आइटिएफ बागमतीमा प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा काभ्रेको तेक्वान्दो आइटिएफ १० स्वर्ण, ६ रजत तथा २ काश्य पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । त्यसै गरी चितवन जिल्ला आइटिएफले ७ स्वर्ण २ रजत १ काश्यप प्राप्त गरी दोस्रो र भक्तपुर जिल्लाको आइटिएफ ले ५ स्वर्ण ८ रजत र २ काश्य प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको थियो । प्रतियोगिता गत जेठ ८ देखी १० गते सम्म काठमाडौमा भएको थियो । विजयी खेलाडीहरुलाई वागमती प्रदेश खेलकुद मन्त्री मिना कुमारी मोक्तानले नगद तथा पुरस्कार वितरण गर्दे खेलाडीहरुको हौसला बढाउनु पर्ने बताउनु भयो । वागमती खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारीले २०८० साल भित्र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा राष्ट्रिय रेफ्री सेमीनार तथा कलर द ग्रेड तेक्वान्दो च्याम्पियन्स आयोजनाा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वागमती प्रदेश मुख्य प्रशिक्षक राजमन्दिर श्रेष्ठ, काभ्रे तेक्वान्दो आइटिएफका संयोजक बरुण श्रेष्ठ, अउाध्यक्ष नरेश राज कायस्थसचिब अर्जुन पाण्डे, कोषाध्यक्ष मधुसुधन बानिँया लगाएतको सहभागिता जनाई खेलाडीहरुको हौसला प्रदान गर्नु भएको थियो ।





